नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 31, 2015
हत्याको आरोपित २० बर्षपछि पक्राउ
  लहान,१६ पुस । राष्ट्र र जनता सुरक्षाको लागि अहोरात्री खट्ने ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्स्पेक्टर सन्तोष निरौला यत्तिबेला समाजिक विकृति विरुद्ध अभियान नै चलाएको छ । समाजमा शान्ति सुरक्षा कायम राख्नको निम्ति अपराधिहरुलाई खोजी खोजी कारवाही चलाइरहेका छन् । 
सोहीक्रममा हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि गोलबजार प्रहरीका इन्स्पेक्टर निरौलाको नेतृत्वमा आज दिउँसो पक्राउ गरेको छ । 
  पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२ ) का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घरमै पुुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । 
  उनका अनुुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते छ महिना कैदको फैसला सुनाएको थियो । कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । सिरहा जिल्ला अदालतको २०५२÷०८÷६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका थिए । निज अभियुक्तलाई पुस १६ गते जिल्ला अदालत सिरहामा पेश गरिने बताइएको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय गोलबजारले अहिले एक हप्ते लागुऔषध गाजा फडानी कार्यक्रम अघि सारेको छ । सो एक हप्ते कार्यक्रम अन्तर्गत त्यस क्षेत्रको दर्जनौ गाविसमा लुकाई गरिएको गाजा खेती नष्ट गरिएको छ भने तस्करहरुको चलखेल समेत बन्द भएको जानकारीमा आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता