नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Dec 30, 2015
स्वच्छ र हराभरा लहान बनाउंन सरसफाई अभियान गती लिंदै
 लहान, १५ पुस । स्वच्छ लहान, हराभरा लहान भने मूल नाराका साथ अभियानमा लागेका यहांका स्थानीय युवाहरु सरसफाईलाई तिब्र पारेको छ । लहानलाई स्वच्छ र हराभरा शहर बनाउंनको निम्ति ठिक एक बर्ष अगाडि लहानका युवाहरुले थालनी गरेको सरसफाई अभियानको आज एक बर्ष भएको अवसरमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा एक बर्षभित्र धेरै काम गरेको भएपनि लहान ८ को सरस्वती टोललाई सरसफाईको नमुना टोलको रुपमा प्रस्तुत गरिएको छ । अभियनता जितेन्द्र चौधरीले लहान सरसफाई अभियानको स्मरण गर्दै भने हामी निःशुल्क हप्तामा एक दिन टोल टोलमा गएर सरसफाई जागरण चलाउंछौं । यसलाई निरन्तरन्ता दिन सरोकारवाला निकायसंग समन्वय पनि गर्दै आएको छु । 
अर्का अभियनकर्ता रिना चौधरीले ‘ यो अभियान साझा हो , तर बन्दले गर्दा प्रभावित भएपनि हामी पछि हटेका छैनौ ।’ लहान नगरपालिका अन्तरगत एलजिसिडिपीका प्रमुख शेखर कार्कीले लहानमा जनसंख्या व्यापक रुपमा बढिरहेको छ , त्यहीसंगै फोहोर पनि बढिरहेकोले यसलाई नियन्त्रण गर्न चौतर्फी सहयोगको खाचो रहेको छ । सशस्त्र प्रहरी वल लहानका डिएसपी प्रकाश चौधरीले शहरी क्षेत्रमा चौपाया नियन्त्रण गर्नुपर्ने र यसको लागि नगरपालिकाले सक्रियता देखाउंनुपर्ने हुन्छ । लहान सरसफाईको लागि शैक्षिक संघ संस्थाहरुले पनि जिम्मेवार भई प्रत्येक शनिवार यसलाई अभियानको रुपमा अघि बढ्ने प्रतिबद्धता अर्का अभियानकर्ता राकेश झाले बताए । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख ,जेवाससीसी सिरहाका संयोजक दिनेश्वर गुप्ता, समाजसेवी अशोकलाल अमात्य, अधिकारकर्मी दुर्गा महतो, शिक्षाकर्मी धरणीधर अधिकारी, चक्रपाने दाहाल, अभियानकर्ता साजकुमार आले, दुर्गा परियार, नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादव, डिएसपी उमाप्रसाद चतुर्वेदी, लोकतान्त्रिक फोरमका शुभनन्द चौधरी, खेलकुद सिरहा जिल्ला अध्यक्ष सच्चिदानन्द चौधरी, नागरिक सरोकार मंचका फुलेश्वर महतोलगायतले लहान सरसफाई अभियान तिब्र पार्न हौसला दिंदै प्रतिबद्धता जनाएका थिए । सोहीक्रममा लहान ७ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लहान नगरपालिकालाई प्रश्न गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता