नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 27, 2015
जाडो छल्न हरुवाचरुवाले लहानमा पाए कम्बल
 लहान । पुसको कठ्याङ्ग्रिदो जाडोमा न्यानो ओढ्ने नहुँदा कष्ट झेल्दै आएका सिरहाको लहान ११ पिडरबोनीका ७० वर्षीय पाँचु राम कम्बल पाएपछि फुरुङ्ग भएका छन् । 
सिरहाको लहानमा आज दिउँसो कम्बल पाएका रामका छिमेकी ५५ वर्षीय नथुनी सदाय पनि खुशीले दङ्ग देखिए । बँधुवा कृषि मजदूरको रुपमा काम गर्दै आएका हरुवा चरुवाहरुलाई लहान नगरपालिका १२ स्थित दलित संरक्षण अभियान मञ्चले कम्बल बाँडेपछि राम र सदायसहित २२ जना हरुवा चरुवाहरु खुशी भएका हुन् ।
दास प्रथाको रुपमा रहेका हरुवा चरुवाहरु हातमुख जोड्न गाउँका गिरहतको खेतबारीमा कृषि मजदूरी गर्दै आएपनि आयश्रोतको अन्य बिकल्प नहुँदा पुसको चिसो जाडोमा कष्टपूर्ण दैनिकी काट्दै आएका थिए । मञ्चले द फ्रिडम फण्डद्वारा जेनेभा ग्लोवलको सहयोगमा सिरहाको मञ्चले सिरहाको पडरिया र सिसबनीका २२ जना हरुवा चरुवाहरुलाई कम्बल बाँडेको हो । मञ्चका अध्यक्ष चलितर राम र उपाध्यक्ष वीणादेवी रामले हरुवा चरुवाहरुलाई संयुक्त रुपमा कम्बल बाँड्नु भएको हो । कम्बल पाएपछि लहान २२ सिसबनीका ५८ वर्षीय दुःखन रामले भन्नुभयो ‘जाडोमा बाँचिदैन कि जस्तो लागेको थियो, न्यानो ओढ्ने पाएपछि राहत महसूस भएको छ ।’कार्यक्रम संयोजक सूर्यनारायण रामका अनुसार सिरहाको पडरिया, सिसबनी, बस्तीपुर र भवानीपुर प्र.ध.मा बँधुवा कृषि मजदूरको रुपमा काम गर्दै आएका हरुवा चरुवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको हो । मञ्चको अध्ययन अनुसार सिरहाको छ नगरपालिका र ६३ गा.वि.स.मा १८ हजार एक सय ६० जना हरुवा चरुवा रहेका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता