नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 27, 2015
केपी ओलीलाई असक्षम प्रधानमन्त्री ठहर गर्दै थारु महिलाहरुको भेला लहानमा सम्पन्न
 लहान, १२ पुस । असक्षम सरकार भन्दै थारु महिला सभाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिरहाको लहानमा दुई दिने राष्ट्रिय भेलाले ११ बुँदे घोषणा पत्र जारी गर्दै हालको केपी ओली सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ । ‘केपी ओली सरकार देशमा शान्ति सुरक्षा, नागरिकको मानव अधिकार, जनताको अत्यावश्यक सामग्रीहरुको परिपूर्ति गर्न नसकेको तथा राज्य नै तस्करी र कालोबजारीमा संलग्न रहेकाले अवलिम्ब राजीनामाको जोडदार माग गर्दछ,’ जारी घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा साढे चार महिनादेखि जारी थरुहट मधेस आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै निरन्दर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ । सभाले संगठनलाई सुदृढ बनाउन केन्द्र, जिल्ला तथा गाविस स्तरीय संगठनको निर्माण गर्ने बताएको छ ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय संरक्षक अमृत खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसत्रमा वक्ताहरुले थारुको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताए । उद्घाटन सत्रमा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु आन्दोलन प्रभावकारी बनाउन महिलाहरु संगठित हुनुपर्ने बताए । ‘थारुको माग सम्बोधन नहुँदासम्म आन्दोलन रोकिँदैन, आन्दोलन झन कडारुपमा अगाडि बढ्छ,’ लेखीले बताए ।  
‘अधिकार सम्पन्न पहिचानसहितको संविधान राष्ट्रवादी थारु महिलाहरुको अभियान’ मुख्य नारासहित भेला आयोजना भएको छ ।  भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित भएका थिए । त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी भएका थिए । बन्दसत्रमा देशभरिको १५ जिल्लाबाट महिलाहरुको प्रतिनिधित्व रहेको सभाका हरि देवीले जानकारी दिइन् । 
भेलाले थारुहरुको जारी आन्दोलनलाई अझ ससक्त र उचाईमा पुर्याउन विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेका छन् । थारु महिला सभा थारु कल्याणकारिणी सभाको भातृ संगठन हो । यसैबीच, सो भेलाले राष्ट्रिय महिला सभा २०७२ लहानको ११ बुंदे घोषणापत्र जारी गरेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता