नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 26, 2015
डिएसपी चतुर्वेदीमाथी मुद्दाको तयारी, आन्दोलनकारी विजयलाई यातना
  लहान १० पुस । आन्दोलनकारीलाई घरबाट पक्रउ गरी शारिरीक र मानसिक यातना दिएको भन्दै ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीमाथी मुद्दा चलाउंने तयारी गरिएको छ । 
सिरहाको लहान २ निवासी तथा विद्यार्थी मंचका केन्द्रीय सदस्य विजय यादवलाई पुस ७ गते राती डिएसपी चतुर्वेदीसहितको प्रहरीले मंचका यादवलाई घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका यादवलाई डिएसपीसहितको प्रहरीले राती कुटपिट गरी बेहोस पारिएको थियो । प्रहरीको कुटाईबाट यादवको हात र शरिरको अवस्था गम्भिर रहेको भन्दै घाउ जांचको लागि जिल्ला अदालत सिरहामा निवेदन दिई अस्पताल लगिएको छ । प्रहरीले मंचका केन्द्रीय सदस्य यादवमाथी व्यापारीले चप्पल जुत्ता ढुवानी गर्ने क्रममा त्यसमा आगजनी गरेको आरोप लगाइएको छ । अदालतमा चढाएको निवेदन अनुसार प्रहरीले निर्घात कुटपिट गरी पुस ८ गते जिल्ला प्रहरी कार्यालय सिरहामा राखि दिएको छ । साथै निजलाई यातना दिएर निजमाथी आगो लगाएको मुद्दामा समेत मुछी पुस ८ मा सिरहा जिल्ला अदालतबाट म्याद समेत थप गराएको हो । बन्दीको कारण आउन नसकी आज निज विजय यादवलाई दिएको यातना र कुटाई जचाउंन आएकोले निजलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट झिकाई यसै अदालत मार्फत निजको आंगजीउमा भए परेको घाउ खत यातना कुटपिटको २० नम्बर बमोजिम जांच गराई पाउं ऐनका म्यादभित्र निज उपर सम्बन्धित निकायमा मुद्दा गर्ने छु भनी वालेश्वर यादवले दिएको निवेदनमा उल्लेख छ । 
यसैबीच, आन्दोलनकारी विजय यादवलाई दिएको प्रहरी यातना विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले लहानमा मसाल जुलुस र कोणसभा गरेको छ । मोर्चाले पुस ११ गते लहानमा लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । सोहीक्रममा आज सहिदको सम्झानामा मैनवत्ती बालेर प्रदर्शन गरेको छ । सोहीक्रममा सहिद चौकमा कोणसभा समेत गरिएको थियो ।
यसैक्रममा राज्य–सरकारले आन्दोलनरत पक्षको भावना बुझ्न नसकेको भन्दै भैंसीलाई ज्ञापन पत्र बुझाइने भएको छ । मधेशीहरु जति आवाज उठाएपनि सरकार भैंसी जस्तै नसुनेको जस्तो गरेकोले भैंसीलाई ज्ञापन पत्र बुझाउन लागिएको छ ।
संघीय समावेशी मधेशी गठबन्धनले पुस १२ गते आइतबार मधेशका सबै जिल्लाहरुमा भैंसीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता