नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 25, 2015
मुस्लिमहरुले लहानमा ‘मोहम्मद—डे’ मनाईयो
  लहान, ९ पुस ÷मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पूर्वक मनाएका छन् । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन अर्थात आज मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ विहीबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाली लहान नगरपालिका परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका हुन । मुस्लिमहरुको धर्म प्रवक्ताको रुपमा रहेको पैगमवर मोहमम्दको १४९० औं जन्मदीनको अवसरमा सिरहाका मुस्लिम समुदायहरु हजारौको संख्यामा पैगम्बरको अनेक थरीका नाराका साथै हर्षोल्लासपूर्वक जन्मोत्सव मनाएका छन् ।
लहान ५ स्थित नयाँ बजारबाट शुरु भई लहानका विभिन्न क्षेत्र परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएका थिए । कोणसभामा बोल्दै मदरसा दारुल ओलुम हनफिया असरफिया लहान–५ का मौलाना मुफ्ती मोहम्मद अहमद राज सकाफी– ‘नेपाल लोकतान्त्रि गणतन्त्रमा प्रवेश गरिसकेको हुँदा देशमा धर्म निरपेक्षको घोषणा खुशीको कुरा हो तर यसलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । उहाँले हाम्रो पर्वमा राष्ट्रिय विदामा सरकारले कन्जुस्याई गरिरहेको हुँदा पैगम्वर मोहम्मदको जन्म दिनलाई राष्ट्रिय विदाको रुपमा घोषण गर्नु पर्ने सरकारसंग माग गर्नुभयो ।’कोणसभामै गरिव नवाज वेलफेयर सोसाइटी नेपालका अध्यक्ष फिरोज सिद्दिकीले ‘यस देशका नेताहरु षड्यन्त्र पूर्वक हाम्रा मागहरुलाई वेवास्ता गर्दै आईरहेको छ । मदरसा (मुस्लिम स्कूल)लाई सरकारी ऐन अनुसार दर्ता प्रक्रिया गरे पनि सरकारले मान्यता दिएता पनि दरवन्दी तथा सेवा सुविधाबाट हालसम्म बञ्चीत गर्दै आएको आरोप लगाउनुभयो । मुस्लिम समूदायको पहिचानलाई मधेशी वा अन्य समूदायमा नमिसाई पृथक पहिचान स्थापित गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– मुस्लिम समुदायको धर्म, संस्कृति र जातीको राष्ट्रिय पहिचानका लागि मुस्लिम धर्मको सुरक्षा यथाशिघ्र पुरा गर्नको लागि सरकारसंग जोरदार मांग रहेको छ ।’त्यसैगरी मदरसा अहलेसुन्नत कादरिया लहान–२ का मौलाना मोहम्मद मुस्ताक अहमदका अनुसार– चाडपर्वको दिनमा राष्ट्रपति तथा प्रधानमन्त्रीले शुभकमना दिने चलन रहेपनि हाम्रो धर्मगुरु पैगम्वर मोहम्मदको जन्मदिनका अवसरमा मनाईने पर्वमा राष्ट्रले शुभकामना दिनलाई पनि कन्जुस्याई गरेको आरोप लगाउनुभयो । मुस्लिम युवा क्लवका अध्यक्ष मो.इसराइल शेखले कोणसभामा बोल्दै ‘ विगत करिव ५ महिनादेखि अधिकारको लागि मधेशमा जुन आन्दोलन भैरहेकोछ । उक्त आन्दोलनलाई अहिलेका वर्तमान सरकारले वार्ताको मार्फत मधेशको  माग सम्बोधन गरि अहिलेको जटिल अवस्थालाई सहज बनाउन सरकार संग आग्रह समेत गरेका छन् ।
  नव निर्मित संविधान संसोधन प्रक्रियाद्वारा मुसलमान समुदायको पृथक पहिचान, मौलिक हकको रुपमा मुस्लिम हक, राज्यको सबै निकायमा समानुपातिक एवम् समावेशी प्रतिनिधित्व, मुस्लिम स्वायत्त एवं संरक्षति क्षेत्रको घोषणा, मुस्लिम पारिवारिक कानुन, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका मागहरुमा सरकारले गंभिरतापूर्णक समावेश गरिनु पर्ने वक्ताहरुले आफ्नो धारणा राखेका थिए । मुस्लिम समुदायका मानिसहरुले ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई सजाउने गर्छन् । मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । विश्वभरीकै मुस्लिम समुदायले आजको दिन वारवी रविउलऔव्वल पर्व मनाउदै आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता