नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Dec 15, 2015
चिसोले मधेशमा मृत्यूको संख्या बढ्दो,न्यानो लुगाको लागि ताती
 लहान, २९ मंसिर । अत्यधिक चिसोका कारण मधेशमा यतिबेला दैनिक मानिसको मृत्यू भइरहेको छ भने न्यानो लुगाको लागि पसलहरुमा भिड् बढ्दै गएको छ । सिरहाको लहानमा चिसोको कारण दूई दिनमा तीन जनाको मृत्यु भएको छ । यसमा आज राती नै दूई जनाको मृत्यू भएको छ भने जिल्लाभरीमा कतिको मृत्यू भएको हो भनी जानकारी नआएको अवस्था रहेको छ । उता, सप्तरी, धनुषा, महोत्तरीलगायत मधेशको जिल्लाहरुमा चिसोको कारण बालबृद्ध तथा अशक्त मानिसहरुको मृत्यू भइरहेको डा. पशुपति चौधरी बताउंछन् । डा.चौधरीले भने विगत भन्दा यस बर्षको चिसो कडा छ । चिसोमा ख्याल नगर्दा मुटु, रक्तसञ्चार, निमोनिया, दम, श्वास–प्रश्वासको समस्यालगायतका रोगले च्याप्ने गरेको छ । चिसोका कारण हुने स्वास्थ्यसम्बन्धी यी समस्याबाट बाच्न न्यानो लुगा लगाउने र तातो तथा तागत दिने खानेकुरा खानुपर्छ तर गरिब परिवारले पनि यसको बन्दोबस्त गर्नुपर्छ । समयमा उपचार नगरिएमा रोगले च्याप्छ र उनीहरुको मृत्युसमेत हुने गर्छन् । 
विपन्नलाई मृत्युमा धकेल्ने अर्को कारण धेरै दलित र विपन्न परिवारमा जाडो धपाउन रक्सी खाने चलन छ । होटलमा खाएर घर फर्किंदा जांडरक्सीको तालमा कतिपय बाटोमै ढल्छन् । घरबाहिर रात काट्दा उसलाई चिसोले झन् बढी सताउंछ र मृत्यु हुने गरेको छ । शीतलहरले आममानिसको जीवनमा असर पार्ने भएकोले आमचासोको विषय बनेको छ । विपन्न परिवारलाई नै बढी असर गर्ने भएकोले सरकारले उनीहरुका लागि दाउरा र कम्बलको प्रबन्ध गर्नुपर्छ मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । यता, लगातार चिसोको कारण सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाममा सर्वसाधारणको चहल पहल कम भएको छ । लहानलगायतको बजारमा यतिबेला लुगा पसलमा ठुलो भिड लाग्ने गरेको छ । लहानको पशुपति आदर्श उच्च माविको आगाडि खुद्रा पसलहरुमा हजारौंको संख्यामा न्यानो लुगा किन्नेको भिड लागेको लहान ७ का गोपाल गुप्ता बताउंछन् । उनीहरु चिसोबाट बाँच्नका लागि ज्याकेट, टोपी, पन्जा, जुत्ता, मोजा र विभिन्न प्रकारका न्यानो लुगाहरु किन्ने गरेका छन् ।






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता