नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Dec 15, 2015
चलचित्र संघ गैरसमावेशि, मधेशी कलाकारहरु उपेक्षित
 लहान, २९ मंसिर । नेपाल चलचित्र कलाकार संघको मंसिर २६ गते काठमाण्डौंमा भएको अधिवेशनमा समावेशी, समानुपातिक र जनसंख्याको आधारलाई मिच्दै एकलौटी पहाडेहरुको कार्यसमिति तयार गरेकोले मधेश मिडिया मिशन नेपाल घोर आपत्ती जनाएको छ । मधेश बन्दको मौका छोपी काठमाण्डौंका गैर कलाकारलाई सदस्यता दिई विस्तार गरेको छ भने बन्दकै बेला अधिवेशन गरि मधेशका कलाकारलाई उपेक्षा गरेको छ । अधिवेशनले समावेशीको आधारलाई ठाडो चुनौती दिंदै एकलौटी पहाडेहरुको कार्यसमिति गठन गरेकोले मिशनले यस्ता कार्यप्रति घोर आपत्ती जनाएको छ । मिशनले विधान संशोधनको आवाज उठाउंदै आएको र मधेशका कलाकारहरुलाई सदस्यता प्रदान गर्न पटक पटक माग गर्दै आएको थियो । 
काठमाण्डौं स्थित चलचित्रक्षेत्रमा काम गर्दै आएका राजकुमार साहले भने मधेशी कलाकारमाथी षड्यन्त्र भएको छ । यो लोकतन्त्रमा समावेशीलाई चुनौती दिंदै पहाडे चलचित्र संघ भएको हो, कद्दापी नेपाली चलचित्रको आधार नभएको उनी साह बताउंछन् । मधेश बन्द रहंदा काठमाण्डौंमा गरिएको संघको अधिवेशनमा मधेशी कलाकार सहभागी हुन् सकेन् । मधेशी कलाकारहरुले अधिवेशनको मिति अगाडि सार्न आग्रह गरेका थिए । तर, मधेशी कलाकारलाई उपेक्षा गरी समावेशीको आधार नै बन्द गरियो र मंसिर २६ गते एकलौटी पहाडेहरुको कार्यसमिति निर्माण गरेको छ । यसैबीच, गैरसमावेशि यस्ता संघको विरोधमा अर्को चलचित्र संघ गठन गर्ने तयारी समेत भइरहेको छ । त्यस संघमा पनि समावेशि गरेर अघि बढ्ने हो की होइन् ? व्यापक प्रश्न उठ्न थालेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता