नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 13, 2015
मधेश आन्दोलनको विजभूमी लहानको आन्दोलन कता जादैंछ ? एमालेका सत्यानारायण पनि सक्रिय, डा.महादेव साह पनि घुसियो
 लहान, २७ मंसिर । मधेश आन्दोलनको विजभूमी लहानको आन्दोलन मोर्चाबीचको कलहको कारण दिनदिनै कमजोर हुंदै गएको छ । विगतमा लहान आन्दोलनले देशमा संघीयता र अधिकारको बहस व्यापक रुपमा चलाएपछि आज देश संघीय राज्यमा आएको छ । तर, सिमांकनसहितको मधेश आन्दोलनलाई कडा रुपमा चलाउंन नसकेको कारण लहानमा आन्दोलनकारीहरु समितिमा बस्न र  यान्त्रिक चलखेल गर्न आन्दोलनलाई कमजोर पार्दै आएको ठहर गरेको छ । केही नेताले आन्दोलन गर्नु भन्दा जातीय समिकरणलाई जोड दिंदै कार्यक्रमहरु संचालन गर्दै आएको छ भने मधेशवादी बाहेक अन्य दलबाट आएका केही आन्दोलनकारीमाथी आशंका गरिएको छ । सोहीक्रममा मंसिर २५ गते गरिएको नागरिक संवाद कार्यक्रममा एकतर्फी आफ्ना मान्छेलाई आसन ग्रहण र मधेशप्रति स्पष्ट धारणा नदिएको कारण फोरम नेपालका सिरहा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामचरित्र महतोलगायतले यसको भोली पल्ट अलगै संघर्ष समिति निर्माण गरेको छ । मंसिर २६ गते कृष्णबहादुरकै नेतृत्वमा गठन भएको समितिमा एमालेका सत्यनारायण यादवलगायतको नाम नराखिएको कारण सांझ विवाद भएको छ । सत्यनारायण यादव पनि स्पष्ट धारमा नआएको तथा मधेशवादी दलमा समावेश नभएको भन्दै केही आन्दोलनकारीले उनीमाथी आशंका गदै आएको छ । उता, आम नागरिक समाज खोलेर बौद्धिकता देखाउंदै आएका डा.महादेव साहलगायतका टिमले तमसपा पार्टीमा प्रवेश गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध भएका छन् । डा.साह ६ महिना नपुग्दै पार्टी परिवर्तन गर्दै आफ्नो बौद्धिकतालाई तिर्खादैं आइरहेका छन् । गठन भएको नयां समितिले आज लहानमा १ सय १ मैनबत्ती बालेर सहिदलाई सम्झदै कार्यक्रम सम्पन्न गरेको छ । उता, सिरहाको माडरमा आज बिरोध जुलुस निकालेका छन् । उक्त जुलुस माडरको बिभिन्न भागको परिक्रमा गर्दै माडरको खैरटोका भन्सार हुदै लचकाटोलको नाकामा पुगी कोणसभामा परिणत भएको थियो । बिरोध जुलुसमा कालो झण्डा लिई हजारौको संख्यामा जनसमुदायको सहभागीता रहेको थियो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता