नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Mar 03, 2015
द्वन्द्वपीडितलाई राहत मात्रै होइन्, शिप पनि देऔं
 जिवछ उदासी 
लहान,१९ फागुन ।  द्वन्द्वपीडितहरुलाई राहतको रुपमा रकम दिनु भन्दा आवश्यक सिप दिए उपयोगी हुने एक कार्यक्रमवीच सरोकारवालाहरुले आफनो धारणा सार्वजानिक गर्नु भएको छ । 
सङक्रमणकालिन न्यायको लागि अन्तराष्ट्रिय केन्द्र( आईसिटीजे) ले लहानमा आयोजना गरेको अन्तरक्रियामा यस्तो धारणा सार्वजानिक भएको हो ।  द्वन्द्वको घाउ कहिले पनि निको नहुने भएकोले यसको वास्तविक मलमपट्टी रकम नभएर आवश्यक सिप भएको जिल्ला प्रमुख अधिकारी अव्दुल खाँँ र जिल्ला प्रहरी प्रमुख राम कृपाल साहले द्वन्द्वपीडितहरुलाई सम्वोधन गर्दै भन्नु भएको हो ।  
सिरहामा २९७ जनाले राहत पाइसकेको , २९ जनाले पाउने भएको छ भन्ने १२ जनाले शान्ति समितिमा निवेदन दिएको शान्ति समिति सिरहाका अध्यक्ष चन्द्रदेव कामतीले जानकारी दिनुहुदै जीवनको मूल्य लाखमा मापन गर्न सकिदैन । तिन लाख रुपिया राहत दिएर यति नै मूल्य हो भन्ने ठान्नुहुदैन । गुमाएको छोरा छोरी , पति पत्नी र आमा वावु फर्काउन सकिदैन । तर जीवनउपयोगी सिप उपलब्ध गराउन सक्यो भन्ने जीवन चलाउन गाह्रो नहुने भन्दै ६ महिनामै शान्ति समतिमा नेतृत्व फेर्नुले समस्या भईरहेको उहाँले गुनासिो गर्नुभयो ।  
शान्ति समसतमा पनि अनियमितता भएको पत्रकार दिलिप सिंहले दावी गर्नुहुँदै यस्तो अनियमितता रोक्ना जिल्ला प्रशासन कार्यालय मौन रहनु आश्चर्यको विषय बनेको भन्दै द्वन्द्वपीडितहरुलाई राहत पाउन निकै वेल्ना वेल्नु परेको छ भन्ने यस भन्दा अगाडिको शान्ति समितिका अध्यक्ष तथा सभासद मो. मुक्तारले ढिलासुस्ती गरेको आरोप लगाउनु भयो ।  
ईन्सेक सिरहाका देवराज पोखरेल द्वन्द्वपीडित समाज सिरहाका रेणु कर्णको सहयोगमा सम्पन्न कार्यक्रममा आईसिटीजेका निराजन थपलिया र देव ढकालले आउने वर्षहरुमा रोजगारीको लागि सिप मूलक कार्यक्रमका लागि सम्वन्धित निकायमा अवाज उठाउने र पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएका छन ।   
कार्यक्रममा द्वन्द्वपीडित परिवारहरुले मुलुकमा फेरि हिंसात्मक द्वन्द्व नहोस भन्दै माटोले खोजेको जनताले माग गरेको अधिकार सम्पन्न संविधान निर्माण प्रक्रियामा सवैको ध्यान केन्द्रित होस भन्ने माँग पनि गरेका छन् ।  लहान ५ की सरस्वती साह , महदेवा पोर्ताहा ५ की मन्तोरिया यादवले आफनो पति माओवादी द्वन्द्वकालमा मृत्यु भैसकेको भन्दै तीन लाख राहत त पाईयो त्यसले के नै पुग्नु सरकारले रकमको साथै सिप पनि उपलब्ध गराई दिनुपरयो भन्ने गुजाराको लागि साहारा हुने बताउनुभयो । साथै द्वन्द्वपीडितहरुलाई पहिचान पत्रको व्यवस्था गरि हरेक निकायमा त्यस परिचयपत्रको अधारमा काम सजिलो होस भन्ने धारणा पनि व्यक्त गर्नुभयो ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता