नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 06, 2015
विरामीलाई स्लाईन पानी दिंदै प्रदर्शन
 लहान, २० मंसिर । राजविराजमा अस्पतालभित्र प्रहरीको ज्यादती विरुद्ध लहानका स्वास्थ्यकर्मीहरु समेत सडकमा आएको छ । लहानमा आज विरामीलाई स्लाईनपानी चढाउंदै स्वास्थ्यकर्मीले प्रदर्शन गरेको छ । आफ्नो पेशागत सुरक्षाको माग गर्दै यहांका स्वास्थ्यकर्मीहरु आज सिरहाको लहानमा जिल्लाभरका स्वास्थ्यकर्मी र्याली निकालेर मधेस आन्दोलनको समर्थन र पेशागत सुरक्षाको माग गरेको हो ।
लहान नपा ३ स्थित हस्पिटल चौकबाट निकालेको र्याली लहानको विभिन्न भागमा परिक्रमा गर्दै सहिद चौक पुुगेर कोणसभा गरेका छन् । कोणसभामा बोल्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गनुपर्ने र मधेसी मोर्चाको माग पुुरा गर्न सरकारसँग माग गरेका छन् । सो कार्यक्रममा डा.मिश्रीलाल साह, डा. पशुपति चौधरी, स्वास्थ्यकर्मी विलटनारायण राय, ललिता दासलगायतले मन्तव्य राख्नुभएका थिए ।


सप्तरीस्थित सगरमाथा अञ्चल अस्पताल राजविराजमा घुुसेर प्रहरीले स्वास्थ्यकर्मीलाई कुुटपिट गरेको घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्नुुपर्ने समेत माग गरेको छ । सप्तरीका एसपीकै निर्देशनमा स्वास्थ्यकर्मी कुटिएको आरोप लगाउँदै दोषीलाई कारबाही नभए सिरहा जिल्लाभरका स्वास्थ्य संस्था समेत ठप्प पार्ने उनीहरुले चेतावनी दिए । उता, प्रहरी दमनको बिरोधमा विगत १४ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ । गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा जिल्लाका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राख्दै उनीहरुले आन्दोलित छन् । 
स्वास्थ्य संस्था बन्द रहेको बारे स्थानिय प्रशासनले हालसम्म कुनै प्रकारको पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता जिल्लाको अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु बन्द रहदा बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।  माग सम्बोधन गर्नका लागि संघर्ष समितिद्वारा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी, संचारकर्मीलगायतको उपस्थितिमा मंगलबार अन्तरक्रिया गरे पनि त्यसबाट केही उपलब्धि नभएको सर्वसाधारणको आरोप छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता