नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 03, 2015
तोहर नजर कहिआ परतौ ?, सुभाषचन्द्र बोस नै जन्मिनुपर्ने
 लहान, १७ मंसिर । हामी शान्तिपूर्ण आन्दोलनबाट नै मधेश र मधेशीको मुक्ति खोजेका छौं । माओवादीले दश हजार जनता मारे । श्रीलंकामा गुरिला युद्धमा हजारौं मरे । अन्तमा शान्तिपूर्ण आन्दोलनमै आएर टुंगो लागेको छ । सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आज लहानमा आयोजित पत्रकार सम्मेलन बताउंदै भारत अजादीमा सुभाषचन्द बोस जन्मियो । मधेश मुक्तिको लागि पनि कोई सुभाषचन्द्र बोस जन्मिनुपर्ने नै हो भने मधेशी जनता तयार रहेको उहां महतोले बताउंनुभयो ।  
महतोले अहिले जुन ठाउंमा जान्छु मधेशी जनताले बन्दुक माग गरिरहेको छ । तर, हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास लिएका छौं । लाखौं जनता उतारेर नै मुक्ति लिने दावी गर्दै यसमा जसको विश्वास भरोसा उठिसकेको छ तिनीहरुले बन्दुक उठाए हुन्छ । त्यस अवस्थाको जिम्मेवारी नेपाल सरकार हुन्छ महतोले बताउंनुभयो । 
महतोले पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको हो । मधेशी जनआन्दोलनले सम्पूर्ण रुपमा नेपाल राष्ट्र निर्माण प्रक्रिया थालिएको हो । यसमा मधेशी, जनजाती, थारु, दलित, मुस्लिम, खसबाहुन क्षेत्री, महिलाको भावना एकीकरण गर्नुपर्छ उहांले बताउंनुभयो । अढाई सय बर्षदेखि एक तिहाईले सत्ताशासन चलाउंदै दूई तिहाई भन्दाबढीलाई शोषण दमन गर्दै महाखोक्रो राष्ट्रियताको वहानाबाजी गरिरहेको आरोप लगाउंदै अध्यक्ष महतोले खसवादीहरुको दिमाग अझै पनि ठेगानामा आएको छैन् । उनीहरु नश्लवादी सोचमा डुबेर एउटै समुदायका कोईराला, दहाल, ओली मिलेर नेपालको बाहुन संविधान बनाएको छ । यसैले यो देशका सबै जातजाती मूलधारमा अयोस् भनी यो आन्दोलन भइरहेको उहां महतोले बताउंनुभयो । 
कांग्रेस, एमाले र माओवादीले मधेश मैत्री संविधान बनाउंने भनी मधेशी जनताबाट भोट  लिएको छ । तर, जनताको अधिकार र पहिचानसहित संविधान नदिएकोले आज मधेशीहरु लाठी लिएर सडकमा आएको छ । प्रधानमन्त्री केपी ओली उल्लु हो, उल्लुले दिनमा देख्दैन् अनी लाखौं सांगलो प्रदर्शनलाई माखे सांगलो भन्ने गरेको उहां महतोले बताउंनुभयो । 
सोही प्रकृतिको काठमाण्डौंका मिडियाहरु छन् । मधेशीले ७० प्रतिशत नाकाबन्दी गर्न सफल भएको छ । तर भारतको नाममा नाकाबन्दीको समाचार लेख्ने गरेको आरोप लगाउंदै महतोले पहाडमा महाभूकम्पको संकट पर्दा तीन दिनमै मधेशबाट राहत पठाइएको थियो । अहिले मधेशमा साढे तीन महिनादेखि संकट परेको छ । यस्तो संकट परेको बेला पहाडका जनताले मधेशलाई कहिले सहयोग गर्ने त ? तोहर नजर कहिआ परतौ ? मधेशको समस्या अब पहाडले नै समाधान गर्ने समय आएको उहां महतोले बताउंनुभयो । 
हामीलाई झापादेखि कंचनपुरसम्मको मधेश थरुहट स्वायत्त प्रदेश चाहिएको छ । कांग्रेस, एमाले र माओवादी एकआपसमा छलफल गरेर वार्ता बोलाउंनुस् अनि मात्रै वार्ता सार्थक हुने भन्दै महतोले खुद्रा संशोधनको कुरा नगर्नुस् हामीले एघार बुंदे संशोधन प्रस्तावन सार्वजनिक गरिरसकेका छौं । सोही अनुरुप कुरा अगाडि बढाए मात्रै वार्ता हुने उहां महतोले बताउंनुभयो । लहानमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतो सिरहाको चोहर्वा लक्ष्मीनियां स्थित कार्यकर्ता भेटघाटको लागि प्रस्थान गर्नुभएका छन् भने आजै सर्लाहीको नवलपुरमा मोर्चाको कार्यक्रममा सहभागी हुने भएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता