नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 03, 2015
लहानमा सवा तीनसय लिटर पेट्रोलियम पदार्थ बरामद
  लहान, १७ मंसिर । रात्री बसमा काठमाण्डौं लैजान तयारी रहेको सवा तीन सय लिटर पेट्रोलियम पदार्थ आज राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लहानका कार्यकर्ताले बरामद गरि प्रहरीको जिम्मा लगाइएको छ । 


दूई वटा रात्री बसबाट बरामद गरिएको १५ लिटरको ग्यालन १५ थान, ५५ लिटरको ग्यालन २ थान, २४ लिटरको मिनरल वाटरको बोतल २४ थान, खाना पकाउंने ४ सिलिण्डरसहित मोर्चाका कार्यकर्ताले बरामद गरि प्रहरीको जिम्मा लगाइएको छ । पेट्रोलियम पदार्थ बरामद भएको रात्री बस गाईघाटबाट काठमाण्डौं जाने ना.४ ख. ९३६३ नम्बर मां जानकी र ना. ५ ख. ४९१६ नम्बरको राज एस्सी ट्राभल्स रहेको छ । 
सो पेट्रोलियम पदार्थका कारोबारी लहानकै हुन सक्ने ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बताए । साथै कारोबारीले ९४७५ र स.३ प. ६४०७ नम्बरको मोटरसाईक समेत छाडेर फरार भएको छ । सो मोटरसाईकल  ईलाका प्रहरी कार्यालय लहानले आफ्नो नियन्त्रणमा लिएको छ ।
मोर्चा आबद्ध सद्भावना पार्टीका लहान नगर अध्यक्ष बालेश्वर यादव, मोर्चाकै सत्यनारायण यादव, सद्भावना युवा मंचका केन्द्रीय सदस्य बीरेन्द्र यादव बीरु, संघीय समाजवादी फोरमका सिरहा जिल्ला सदस्य प्रयाग यादव, राजाराम महतो र धनेश्वर यादवका विशेष नेतृत्वमा सो समान बरामद गरी प्रहरीलाई जिम्मा दिइएको हो ।  अबैद्य रुपमा डिजेल पेट्रोल र खाना पकाउंने ग्यास संकलन गरी तीन गुणाबढी मूल्य लिएर काठमाण्डौंमा विक्री हुने गरेको सोही रात्री बसका स्टाप अनोज श्रेष्ठले बताए । मोर्चाले कालोबजारी नियन्त्रण गर्न राती राती कडा मेहनत गर्न थालेको छ । 
यता, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा चोकमा बुधबार बिहान अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ ।


प्रहरीको सुरक्षा घेरामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १९२७ नम्बरको ट्रक बिहान करिब ४ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । पल्टिएको उक्त ट्रकबाट झण्डै दुई हजार लिटर डिजेल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक शेषकराज थान्दारले जानकारी दिनुभयो । यसअघि पनि पुर्व पश्चिम राजमार्गमै ठुलो परिणाममा पेट्रोलियम पदार्थ प्रहरीले गोप्य सुचनाको आधारमा बरामद गरेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता