नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 02, 2015
सिरहामा सांगलो, काठमाण्डौंलाई चुनौती
लहान, १६ मंसिर । साढे तीन महिनादेखि जारी मधेस आन्दोलनलाई समर्थन जनाउँदै बुधबार विहान सिरहामा विद्यार्थी साङ्लो प्रदर्शन गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, विभिन्न स्थानीय संघसंस्था ,प्यावसन, एनप्यावसन र नेपाल प्यावसन सिरहाको आयोजनामा लहानको बलानदेखि पश्चिमी सीमा कमला खोला सम्म (५१ किलोमिटर) राजमार्गमा विद्यार्थीहरुले हात जोडेर साङ्लो प्रदर्शन गरेका हुन् ।
प्यावसन, एन प्यावसन, नेपाल प्यावसन, क्याम्पसहरु र सामुदायिक स्कुलका करिब ६० हजार विद्यार्थीको सांगलोमा सहभागिता रहेको नेपाल प्यावसन सिरहाका अध्यक्ष शिवकुमार साहले बताए ।


 विहान ८.३० देखि ९.३० बजेसम्म विद्यार्थी सांगलो प्रदर्शन गरिएको थियो । सामुदायिक र संस्थागत विद्यालय, क्याम्पस, नर्सिङ क्याम्पसका विद्यार्थी, शिक्षक, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता साङ्लोमा सहभागी थिए ।


मधेस आन्दोलनको माग पुरा गर, राज्य पक्ष गम्भीर बन्नुपर्ने, विद्यार्थीको भयमुक्त पठनपाठनको ग्यारेन्टी हुनुपर्ने, सरकार उतरदायी बन, स्टोप क्लिनिग मधेशी, हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, लगायतका नारा लेखिएको प्लेकार्डसहित विद्यार्थी साङ्लोमा सहभागी थिए ।
यो साङ्लो मधेस आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रति श्रद्धाञ्जली सभाका साथै प्रार्थना सभामा परिणत भएको सद्भावना युवा मन्चका केन्द्रीय सदस्य विरेन्द्र यादव विरुले बताए । 
यो सांगलो वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न सरकारलाई दबाबस्वरुप मानव साङ्गलो प्रदर्शन गरिएको लहान स्थित मदरल्याण्ड बोर्डिगं स्कूलका संस्थापक प्रिसिन्पल तथा तमलोपाका सिरहा जिल्ला सचिव राकेश झाको कथन रहेको छ ।


यहीबीच, मधेश आन्दोलनले मधेश र काठमाण्डौंबीच द्धन्द्ध शुरु गरेको छ । काठमाण्डौंमा वार्ता निष्कर्ष विहीन हुंदा मधेशमा आन्दोलनको गति तिब्र रुप लिन्छ ।  काठमाण्डौंमा चिनको दुहाई गर्छन् भने मधेशमा भारतीय नाकामा कडाई गर्छन् । मोदीको सन्तान भनेर गोली हान्दा आन्दोलनकारीले ओलीको सन्तान भनेर ढुंगामुढा गर्छन् । काठमाण्डौंमा आन्दोलनकारीलाई पानीको फोहोरा दिएर तितरवितर गर्छन् भने मधेशमा टाउंकोमा गोली हानेर आन्दोलनलाई दवाउंने गर्छ । काठमाण्डौंमा विद्यार्थीलाई मानव सांगलोमा ल्याउंछ भने मधेशमा सत्ता विरुद्ध सांगलो प्रदर्शन गर्छन् । त्यती मात्रै होइन् आज विराटनगरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसियो । उता, काठमाण्डौंमा सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी , कांग्रेस, एमाओवादीसहितको बैठक गरेको छ । काठमाण्डौंमा ओलीको खोक्रो राष्ट्रियताको चर्चा चल्छ भने मधेशमा राजेन्द्र महतोको जयकार चल्छ । काठमाण्डौंको पशुपतिमा मोदीको क्षमायाचना गर्छन् भने मधेशको जानकी मन्दिरमा ओली,कोइराला र प्रचण्डको क्षमायाचना गर्छन् । काण्ठमाण्डौमा जे गर्छ मधेशमा ठीक उल्टो गरेर विरोध प्रदर्शन भइरहेको छ । काठमाण्डौंमा दीपावली मनाउंदा मधेशमा ब्ल्याकआउट गर्ने गरेको अवस्था छ । 








 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता