नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Nov 30, 2015
मधेश आन्दोलन अधिकारको लागि हो
  लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । पहिचानवादी अन्य दल र संगठन समेतलाई राखी मोर्चाले आयोजना गरेको जनप्रर्दशन र सभामा जिल्लाका ग्रामिण क्षेत्रवाट ठूलो संख्यामा सर्वसाधारण विराटनगरमा भेला भएका थिए ।
प्रर्दशनपछि स्थानिय महाबीर चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले मधेसीलाई अधिकारविहीन वनाएर राष्ट्रिय एकता कायम रहन नसक्ने बताए । एकल जातीय शासन चलाएर कुनैपनि हालतमा राष्ट्रिय एकता कायम रहन नसक्ने बताउँदै यादवले सबैलाई समान अधिकार दिइए मात्र राष्ट्रिय एकता मजबुत हुने बताए । उनले आफूहरू राष्ट्रिय एकताका पक्षधर रहेपनि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरू देश बिखण्डन गर्ने पक्षमा षड्यन्त्र गरिरहेको आरोप लगाए ।
यादवले अहिलेसम्म बनेका सातवटै संविधानले मधेसीलाई उपेक्षा गरेको आरोप लगाए ।
कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलन कुनै समुदायप्रति लक्षित नभई अधिकारका लागि भएको दोहोर्याए । उनले आफूहरूले नाकाबन्दी गर्दा मानवअधिकार र मानवीयता खोज्नेहरूले मधेसीको टाउको र छातिमा गोली हानिँदा मानव अधिकार नदेखेको आरोप लगाए । उतेजक र ब्यङ्यात्मक शैलीमा भाषण गरेका महतोले राज्य अहिले बेइमान र कुर्कमी भएको आरोप लगाए । उनले कुमाउ, गढवाल, आसामबाट आएर जंगल फँडानी गरि बसेकाहरूले अहिले मधेसी जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए ।
तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अधिकारविहीन संघीयता अब नचाहिने बताउँदै आन्दोलन वारपारको भएको बताए । 
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सबेन्द्रनाथ शुक्लाले सेना परिचालनको धम्की दिएर मधेस आन्दोलन दवाउन नसकिने बताए । कार्यक्रममा संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार    लिङदेनले मधेसीमाथि गोली ठोकेर शासकवर्गले राक्षसी ब्यबहार   देखाएको आरोप लगाए । उनले इटहरीमा सभा बिथोल्नेहरूलाई कडा मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता