नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Mar 03, 2015
मधेशमा हात्तिपाइले, सिरहामा उच्च
 लहान १९ फागुन । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले आज हात्तिपाइले रोग निवारण अभियानवारे पत्रकार अन्तरक्रिया कार्यक्रम सिरहामा सम्पन्न गरेको छ । सो कार्यक्रममा सिरहा जिल्लाभरी ५१ जना खुटटा सुनेको, १ सय ७५ जना हाड्रोसिल र १० जनालाई पूर्ण हात्तिपाइले रोग लागि सकेको जानकारी गराइएका थिए । यो रोग प्रति दश हजारमा १ जनालाई लाग्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.दयाशंकरलाल कर्णले जानकारी दिनुभयो । 
सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय नीति तथा कार्यक्रमलाई सफल बनाउन जिल्लाका पाँच लाख ६९ हजार ३५२ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । यही फागुन २३, २४ र २५ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन तीन हजारबढी स्वास्थ्यकर्मी र स्वयम्सेविका परिचालन गरिएको छ । अभियानका क्रममा डाइथाइलकार्बामाजिन र अल्बेन्डाजोल औषधि खुवाइने कार्यालयले जनाएको छ । दुई वर्षमुनिका बच्चाहरु, गर्भवती महिला, दीर्घ रोगी र सिकिस्त बिरामीलाई भने यो औषधि सेवन नगर्न÷नगराउन स्वास्थ्य कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । हात्तीपाइले रोगबाट बच्न वर्षमा एकपटक गरी छ वर्षसम्म लगातार औषधि खानुपर्दछ ।
डा.कर्णले यो रोग लागेको व्यक्तिलाई जाडो लागि ज्वरो आउनु, शरीर कम्पन हुनु, लिम्फ नलीहरू सुन्निनु, रातो भई दुख्नु, हातगोडामा निलाकाला धर्साहरू देखिनु, गिर्खाहरू आउनुलगायतका लक्षणहरू देखा पर्छन् । मधेशका अन्य जिल्लाको तुलनामा सिरहामा हात्तीपाइले रोगले बढी सताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता