नेपाली समय:
गगन थापाको ‘माया भरिएको बाल्टिन’ लहानमा  |  अष्ट्रेलियाका नेपाली वासिन्दाद्धारा बाढीपीडितलाई सहयोग, जिम्मेवार युवा पनि सक्रिय  |  बाढी पीडितलाई स्वास्थोपचार र राहत उपलब्ध गराउंन राजपाको जोड  |  सिरहामा बाढीले साढे एघार हजारबढी घरपरिवार प्रभावित, सरकारी कार्यालयका प्रमुखहरुको मोबाईल जहिले पनि स्वीच अफ  |  मधेशी र पहाडीबीचको दुरि समाप्त पार्न एमाले लागेको छ ः ज्ञवाली  |  जोखिम न्यूनिकरणको लागि प्राथमिक उपचार तालिम, गौताडीमा तीन महिने ईलेक्ट्रिसियन अभ्यास  |  विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती  |  घुस लिंदै गरेको अवस्थामा सहकारीका दूई कर्मचारी पक्राउ  |   पशु कार्यालय सिरहामा अनियमिताको गन्ध  |  प्रदेश २ को निर्वाचन हुंदैन भने संविधान ध्वस्त हुन्छ ः राजकिशोर
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Nov 12, 2015
के भारतले नेपालको नाकाबन्दी ( Blocked ) गरेको हो त ?
 अधिवक्ता, जयकुमार गोइत 

मेरो जिवनको प्रारम्भ देखि हाल सम्म हाम्रो देशमा समय समयमा हल्ला चलेको र सोही हल्लाको भूमरीमा राष्ट्र ओझेलमा परेको तथ्य मलाई स्मरण भएको छ ।  पञ्चायती तानासाही व्यवस्थाको एक दशक पश्चात सम्वत् २०२८ सालमा नयाँ शिक्षा योजना लागु भयो । देशमा नेपाली काँग्रेश र नेपाल कम्यूनिष्ट पार्टीका नेताहरू प्रावासमा थिए ।  नेपाल कम्यूनिष्ट पार्टीका कथित नेता स्व. डा. केशरजंग रायमाजी अन्ध राष्ट्रवादको नारा दिएर राजा महेन्द्रको पक्षमा अन्धाधुन वक्तव्यवाजी गर्न थाल्नु भएको थियो । लोकतन्त्रवादीहरू र केही वाम घटक दल समेतले प्रजातन्त्र पुनः स्थापना ( Restoration of Democracy) को नारा सहित आन्दोलनको आह्वान गरेका थिए । नेपाल जनबादी मोर्चाको नेता लोक नायक महान रामराजा  प्रसाद सिंहले सिरहा जिल्लाको माडर बजारमा गणतन्त्रको नारा सहित राजतन्त्रको समाप्तिको आह्वानयूक्त भाषण गरिरहेको अवस्थामा पञ्चायती पक्ष धर स्व. कृष्ण चरण श्रेष्ठ समेतका पञ्चायतवादीहरूले स्व. रामराजा प्रसाद सिंहको कार्यक्रम विथोल्ने प्रयोजनले अराष्ट्रिय तत्व मुर्दावादका नारा लगाउनु भएको थियो । त्यस्तै सम्वत् २०३२ सालमा गाउँ फर्क राष्ट्रिय अभियान लागु भयो । त्यस वेलामा पनि आन्दोलन चर्क्यो । त्यस बखतमा पनि पञ्चायतवादीहरूले अराष्ट्रिय तत्व मुर्दावादका नारा लगाएका थिए । ने.क.पा. संयुक्तका नेता क. स्वर्गिय शिव दयालय कारकको नेतृत्वमा माडर देखि छात्र सहितको जुलुस समेत सिरहा सम्म आइपुग्यो । तात्कालिन  क्रुर सिरहा जिल्ला प्रशासक मंगलकृष्ण श्रेष्ठको आदेशानुसार प्रहरीले गरेको सांघातिक प्रहारले म समेतका  कैयौं प्रदशनकारीहरू घायल हुँदै भागा भाग भए । प्रदर्शनको अगुवाई गर्नु भएको कारकजी सख्त घाइते अवस्थामा गिरफतार भई सिरहा कारागारमा महिनौ सम्म बन्दी बनाइनु भयो । देश भरी नै अराष्ट्रिय तत्वको हल्ला गुञ्जियो । सम्वत् २०३५ सालमा पाकिस्तानमा लोकतन्त्रवादी नेता जुल्फीकार अलि भूट्टोको हत्या भयो। जननेता स्व. विशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा काँग्रेसीहरू  मेलमेलापको राष्ट्रिय नीति सहित भारत प्रवासबाट स्वदेश फिर्ता हुनु भयो । कतिपय बाम दलहरू पनि नेपाल फर्कियो । विश्व राजनीतिमा एकातिर विघटित सोभियत संघ र अर्कोतिर अमेरिकाको टकरावपूर्ण बर्चश्व कायम रहेको थियो । नेपालमा तात्कालिन राजनितिक दलहरू सोही दुई ध्रुवीय घेरा भित्र खुम्चिएर कसैले प्रजातन्त्र र कसैले साम्यवादको प्रचारवाजीको राजनीति गरेका थिए । राजतन्त्रको सफाया अभियानमा गणतन्त्रको पक्षमा क्रान्तिकारी महान रामराजा एक्लो पर्नु भयो । २०३५ साल फाल्गुन महिना देखि प्रजातन्त्रको पुनः स्थापना ( Restoration of Democracy) को नारा सहित छात्र आन्दोलनको अगुवाईमा देश भरी नै श्वतःस्फूर्त आन्दोलन भयो । त्यतिखेर म श्वयम् पनि श्री म.वि.व. क्याम्पस राजविराजमा आई. एल. को छात्रको नाताले आन्दोलनरत थिएँ । नेपालका संवैधानिक राजतन्त्रका पक्षधर सहित अहिलेका कथित गणतन्त्रका लाभ प्राप्त कमरेडहरू समेत तात्काल निष्कृय देखिनु भएको थियो । प्रदर्शनकारीहरू  ठाउँ ठाउँमा भारत प्रवासमा थिए । सिरहाको माडरमा सहिद जगदिश, रामेश्वर, तश्लिम लगायत तीन जना र धनुषा जिल्लाको यदुकोहा बजारमा कामेश्वर, कुशेश्वर लगायत देश भरी नै तानाशाही पञ्चायती प्रशासनको गोली प्रहारबाट बीर सपूतहरूले शहादत प्राप्त गर्नु भयो । स्व. राजा विरेन्द्रको प्रधानमन्त्री देखि राष्ट्रिय पञ्चायत अध्यक्ष एवं तल्लो स्तरका कार्यकर्ताहरू समेत सवैले अराष्ट्रिय तत्व मुर्दावाद गर्दै हाम्रो देशको मामिलामा अरूले बोल्नु हुदैन, हस्तक्षेप गर्नु हुदैन भन्दै थिए । भारतका प्रधानमन्त्री मोरारजी देशाई चुप लागेर वस्नु भएको थियो । अहिलेको चल्तीका काँग्रेसी नेता आनन्द प्रसाद ढुङ्गाना र म समेत लगायत हजारौं नेपाली क्रान्तीकारी एवं आन्दोलनकारीहरूको उपस्थतीमा मधुवनी टाउन क्लवको मैदानमा ( In the Ground of town Club in Madhuwani ) विहारका मूख्य मन्त्री जन नेता स्व. कर्पुरी ठाकुरले पहिलो पटक नेपालको जन आन्दोलनको पक्षमा बोल्नु भयो । अहिले सिंहदरवारमा रँजाई गर्नेहरू र निजका गुरूहरुले कर्पुरी ठाकुरलाई बधाई दिनु भयो भन्ने रिसाएका राजा पक्षधरहरूले विरोध गरे । जन लहरयूक्त आन्दोलन रोकिएन । सम्वत् २०३६ साल जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो । जननेता वि.पी. कोइराला र कमरेड विष्णु बहादुर मानन्धर समेतले घोषणाको स्वागत र तात्कालिन ने.क.पा. जनमोर्चा र अहिलेको प्रधानमन्त्री के.पी. शर्मा ओली समेत  संलग्न झपालीहरूले सक्रिय विरोध गरे। सम्वत् २०३७ सालमा सम्पन्न भएको जनमत संग्रहमा पञ्चायतवादीहरूको विजय भयो । देश भरी नै पञ्चायतवादीहरूको तर्फवाट चीनको समर्थन र भारतको विरोधमा स्वर गुन्जियो । ततपश्चात पनि सम्वत् २०४२ सालमा बम काण्ड सहितको राजनैतिक घटना घट्यो । वर्तमान सरकारको विदेश मन्त्री कमल थापा समेत सक्रिय रहेको तानाशाही पञ्चायती शासकले निषेध गरेकोले सार्वजनिक स्थलमा सभा हुन नसकेको हुँदा सम्वत् २०४६ सालमा लौह पुरूष लोक नायक गणेशमानजीको घर कम्पाउण्डभित्रै क्रुर शाशकको सुरक्षात्मक जन्जीरको घेरा तोडी लोकतन्त्रवादी भारतीय पूर्व प्रधानमन्त्री स्व. चन्द्रशेखर सिंहको प्रमूख आतिथ्यमा जन आन्दोलनको घोषणा सहित विशाल जनसभा सम्पन्न भएको रिस थाम्न नसकेका राजाको निर्देशनम कमल थापा समेतको टोली काठमाण्डौं, वानेश्वरको सेराटन होटलमा पुगी भारतिय नेता समेतलाई अपमानित गर्यो । देशमा आन्दोलन चर्कयो । अन्त्यमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रको घोषणा राजा विरेन्द्रबाट भयो । सात वर्ष नपुग्दै माओवादी नेता झक्कु सुवेदीलाई शेर बहादुरको सरकारले कुटेको घटना घटदै सम्वत् २०५२ सालमा प्रचण्डपथवादीहरूले  जनयुद्धको घोषणा गर्यो । जनयुद्धले उग्र रूप लियो । राजा विरेन्द्रको वंश नाश हुँदै शाही शासन लागुभयो । सम्वत् २०७२ साल असोज ३ गते श्वेच्छापूर्वक संविधान जारी गर्नेहरूले सम्वत् २०६२ साल मंसिर पहिलो पखमा काठमाण्डौंको लेनचौरमा लम्पसार परी दिल्लीमा घुँडा टेकी १२ बुँदे सम्झौता गरी अन्तिम शाह वंशिय राजा श्री जानेन्द्र शाहलाई सत्ताच्यूत गरि गराई अहिले भारतिय अघोषित नाकाबन्दी (Blockade) को हल्ला भिजाई मित्र राष्ट्र चिनसंग कुटनीतिक सम्पर्क बढाएको  हल्ला चलेको वर्तमान अवस्थामा आफूले नाकाबन्दी ( Blockade ) को विषयमा लेख्ने प्रयास गरेको छु ।

1.   नाकाबन्दी ( Blockade ) को परिभाषा ( Definition of blockade ):- (1) “ The action of surrounding of closing a place, especially a part, in order to stop people or goods from coming in or out, a naval blockade ( Stopping goods from entering or leaving a country ) . (2) a barrier that stops people or vehicles from entering or leaving a place. The police set up blockade on highways. Leading out of the City ” भन्ने परिभाषा Oxford dictionary मा गरिएको छ । नेपाली कानूनी शब्द कोष ( Nepali law dictionary ) को पृष्ठ २१६ मा गरिएको परिभाषा अनुसार नाकाबन्दी ( blockade ) भन्नाले “ रोक , अडकाउ, आवत, जावतमा बाधा भन्ने बुझिन्छ । Ajanta’s comprehensive dictionary को पृष्ठ ४२८ मा “ नाका ” र “नाकाबन्दी” दुवै शब्दको परिभाषा गरिएको छ । जस अनुसार “नाका” भन्नाले Pass, avenue, confluence, extremity of road, entrance, source, meeting or separating place, junction, the eye of the needle, दुई बाटो छुटिने ठाउँ, मुहान, दोवाटो, शहरभित्र पस्ने ठाउँ वा मूख, दोभान, नाथ्री भन्ने बुझिन्छ । त्यस्तै नाकाबन्दी भन्नाले Siege, blockade, Stopping the entry, रोक, आवत जावतमा बाधा, अडकाउ, मूल बाटो थुनाई ” भन्ने वुझिन्छ । Legal dictionary को पृष्ठ २६ मा “ In international law, the prevention by a belligerent of access to the ports of the enemy. The announcement of a blockade, if not supported by an adequate naval force is called a paper blockade and may be disregarded by neutrals भनि नाकाबन्दी ( blockade ) को परिभाषा गरिएको छ ।

2.   के कुन आधारमा किन भारतले नेपालको नाकाबन्दी गरेको होइन त ? भन्ने सवालको जवाफ दिनु पर्दा नाकाबन्दी ( Blockade ) र हस्तक्षेप ( Intervention ) को बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको तथ्य नेपाल सरकार, त्रिभुवन विश्वविधालयद्वारामान्यता प्राप्त एम. ए. मा पढाइने प्रा. डा. गोपाल सिवाकोटीद्वारालिखित “अन्तराष्ट्रिय सम्वन्ध ( सिद्धान्त र व्यवहार ) ( International Relations ( Theory and practices)”भन्ने पुस्तकको पृष्ठ ४८० देखि ४९५ सम्ममा उल्लेखित व्यहोराले प्रमाणित भएको छ । उल्लेखित व्यहोरायूक्त उक्त पुस्तक प्रमाण ऐन, २०३१ ले नाकावन्दी ( blockade) सम्वन्धी विवाद निरोपणको प्रमाण पनि हो । के कुन कारणले भारतले नकाबन्दी गरेको हो ? सो तथ्य सरकारी पक्षले प्रमाणित गर्न नसकेको कुरा सम्वत् २०७२ साल कार्तिक १३ गते नेपाल सरकारको संचार माध्यमले भारतबाट इन्धन समाग्री आएको खवरले र यस अघि सरकारको विदेश मन्त्री समेतले नाकावन्दी भएको समेत भन्न नसकेको साथै सधै पनि भारतबाट केही न केही मात्रामा मालसमान इन्धन समेत भारतबाट आयात भइरहेको प्राप्त सरकारी सामाचारले सिद्ध भएकै छ । भारतको विभिन्न राज्यहरूमा निर्वाचन भइरहेकोले केही ढिलाई हुनु अस्वाभिक होइन। भारतीय भूमी भित्र कलकताको सुखा बन्द्रगाह देखि अन्य कुनै पनि ठाउँमा भारतीय पक्षबाट इन्धन लगायत कुनै पनि मालसमान ल्याउन अवरोध अडकाउ उत्पन्न गरेको ठोस तथ्य प्रकाशमा आएको छैन । नेपाल भारत विचको सम्वन्ध सैनिक कार्यवाही, सिमा एवं भूमि विवाद, आर्थिक, व्यापारिक र संधि समेतको कारणले विग्रेको तथ्यको पुष्टी नेपाल सरकारवाट हुन नसकेकोले दुई देश विचको सम्बन्ध सुमधुर रहेको प्रमाणित भएको छ । भारतले नेपाल भित्र हस्तक्षेप नगरेकोले अकारण नाकाबन्दी नगरिएको पुष्टी भएको छ । तत्सम्बन्धमा विश्व ऐतिहासिक घटना क्रमलाई अध्ययन गर्दा दुनियाँमा काहीकतै पनि यस अघिसम्म हस्तक्षेप नभई नाकाबन्दी नगरिएको तथ्य सन् १९८० मा भियतनाम माथि चीनको सैनिक कार्यवाही र सन् १९९१ मा इराकले कुवैतलाई कब्जा गरेपछि अमेरिकाको नेतृत्वमा गरिएको हस्तक्षेपको घटना समेतले स्थापित भई नजिर कायम भएको छ । अर्थात एक राज्यले अर्को राज्यले संधि लागु गराउनकोलागि नाकाबन्दी गर्ने गरेको तथ्य सन् १९८० मा भियतनाम माथि चीनले गरेको सैनिक कार्यवाही र सन् १९९१ मा इराकले कुवैतलाई कब्जा गरेको घटना घटेपछि अमेरिकाको नेतृत्वमा इराकको विरूद्धमा गरिएको सैनिक कार्यवाहीको घटना क्रमले प्रमाणित भएको छ । तर त्यस्तो अवस्था अहिले नेपाल र भारतको विचमा विद्दमान छैन । तसर्थ भारतले नेपालभित्र हस्तक्षेप नगरेकोले अकारण नाकाबन्दी नगरेको तथ्य सिद्ध भएको छ ।

3.   त्यसो भए यथार्थमा भएको के हो त ? र  किन भारतबाट इन्धन लागयतका सामग्री आपूर्तिमा कमी भएको हो त ? भन्ने प्रश्नको निरूपण गर्नु पर्दा वर्तमान संक्रमणकालिन नेपालमा सम्वत् २०७२ साल श्रावण ३० गते देखि हाल सम्म निरन्तर रूपले कहिले ने.क.पा. माओवादी वेध समुह – १, कहिले ने.क.पा. माओवादी मातृका यादव समूह- १ , कहिले ने.क.पा. माओवादी चन्द समूह – १, कहिले संघिय सामाजवादी फोरम नेपाल – १, कहिले लिम्वूआन मुक्ति मोर्चा – १, कहिले थरूहट र अहिले संयूक्त मधेशी मोर्चा समेतले नेपालको चार किल्लाभित्र गरे गराएको शशक्त आन्दोलनले देश भरीका आवागमन, यातायात, कलकारखाना  , उद्योग धन्दा, बन्द व्यापार, स्कुल क्लेज, अड्डाखाना समेत प्रभावित भई अवरूद्ध भएको छ । पुर्व, पश्चिम र दक्षिण तर्फ समेतको नेपालको सिमानामा कुनै न कुनै रूपले आन्दोलन भइरहेको छ । पूर्व विराटनगर देखि पश्चिम वर्दिया सम्मको सिमा क्षेत्र भित्र नेपालको भूमीमा आ-आफ्ना अधिकारकालागि समर्पित नेपाली मधेशी, जनजातीहरू आन्दोलित भएकोले नाकामा रहेका भन्सार कार्यालयहरूको दैनिक कामकाज थप रहेकोले धनजनको असुरक्षाको कारणले भारतबाट नेपाल भित्रिने दैनिक इन्धन लगायतका माल समान आपूर्तिमा कमी आएको छ । तैपनि सरकारी सूचना वमोजिम पनि भारतवाट दैनिक इन्धन लगायतका माल समान आइरहेकै हुँदा समेत भारतले नाकावन्दी ( Blockade) नगरेको तथ्य प्रमाणित भएको छ ।

4.   निष्कर्ष (  Conclusion ) :- अन्त्यमा भन्नु पर्दा अहिले सत्ता स्वार्थमा अन्ध लिफ्त भएका सिंहदरवारका पदासिनहरू दिशाविहिन भएको तथ्य मिति २०७२ साल कार्तिक १८ गते तद अनुसार,4 November, 2015 मा जेनेभा ( Jeneva ) मा सम्मपन्न मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा नाकामा अवरोध उत्पन्न भएकोले नेपालको जनजिवन अस्त व्यवस्त भएको छ । औषधी, इन्धन लगायतका सामग्री आपूर्तीमा कमी आएकोले विद्यार्थी , यूवा, जेष्ठ नागरिक समेत मार्कामा परेका छन् भने अभिव्यक्ति दिनु भएका विदेशमन्त्री कमल थापाले कुन देश वा कस्ले नाकामा अवरोध उत्पन्न गरेको हो ? सो कुरा नखुलाएकोले निजको अभिव्यक्ति संदिग्ध छ । भारतले नाकाबन्दी नगरेको खुलासा भएको छ । त्यसैले पनि सोही मिति २०७२ साल कार्तिक १८ गते तद अनुसार 4 November, 2015 मै वि.वि.सी. रात्री सेवा कार्यक्रममा डा. सुर्य सुवेदीले नेपालले भारतको विरूद्धमा W.T.O. GATT को अधिनमा रहि अन्तराष्ट्रिय अदालतमा कार्यवाही चलाउनु पर्छ भनि दिनु भएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण मात्र नभई तथ्यहीन र गैर कानूनी समेत छ । किन भने संयूक्त राष्ट्रसंघ र यसका विशेषज्ञ समितिहरू ( U.N.O. and Its Specialized Agencies ) नामक पुस्तकको पृष्ठ १२१ मा“ भूपरिबेष्टित देशहरूलाई विना रोकटोक समुन्द्रसम्म आउने पहुँचवारे अविलम्ब विचार गरि कार्यान्वयन हुनुपर्छ भनि प्रस्तुत
भएका विशेष सुझावहरू संयूक्त राष्ट्रसंघवाट पारित भएका छन्” भन्ने व्यहोरा वमोजिम भारतले मालवाहक गाडीहरूलाई बन्द्रगाह (
Port ) सम्म जान आउन दिएकै छ । “ नेपाल कानून परिचर्चा, वर्ष ३, अङ्क २, आश्विन २०३६ ” पृष्ठ २५ मा प्रकाशित प्राध्यापक लक्ष्मण कुमार उपाध्यायद्वारा लिखित“ A Review of doctrinal foundation of the right of free access to the Sea for land-locked countries ” भन्ने शिर्षक अन्तर्गत उल्लेखित अन्तराष्ट्रिय अदालत ( International Court of justice ) को फैसलामा लेखिएको “ (a) The international Court of justice ruled in accordance with the provisions of the treaty of 1779, Portugal was entitled to sent it men and goods through the said passage which fell within Indian territory. The right to passage contained for so long a time that,It assumed the form of law and it become the obligation of India to allow passage to Portugal. (b) Portugal was entitled to send only its men and goods through the said way. Portugal was not entitled to send its armed forces or police through the said way. (c) The right of Portugal was subject to control and regulation by India.  (d) The court gave its verdict that India had not acted contrary to its international obligation. The alleged excessive control and regulation by India had become necessary due to the special circumstances as that had arisen. ” भन्ने वेहोराले पनि भारत निर्दोष देखिएको छ । किनभने यस अघि पनि नेपालको खुला सिमाना भएर अपराधिक प्रवृति प्रवेश भई वितण्डा मचाउने कुरामा भारत सशंकित  र सावधान रहेको तथ्य सर्वविदितै छ । अहिले नेपाल अशान्त रहेको कुरामा द्विविधा छैन ।एकातिर नागरिकता वितरणमा वन्देज गरिएको छ भने अर्कोतिर नागरिकता सम्वन्धी विश्वव्यापी मान्यता विपरित गैर अवाशिय नेपाली ( N.R.N. ) लाई नागरिकता दिने काम कुरा भएको छ। अहिले केरूङ्ग र तातोपानी साथै तात्कालै अन्य सात समेत जम्मा ९ वटा चीनको नाका खोलिने साकारात्मक काम नेपाल सरकारले गरेको छ । यसले भूपरिबेष्टित ( Land-Locked ) देशले भोग्नु पर्ने पीरावाट नेपाल मुक्ति पाउने अवस्था विधमान भए पनि यसैले गर्दा पनि भारत आफ्नो व्यापार समेतको कारणले तर्सिएको हुँदा सिंहदरवारको वर्तमान नेतृत्व अदुरदर्शी ( Not farsightedness ) देखिएको छ । तसर्थ वर्तमान नेपालमा “ पहिचान सहितको संघियता र संघियता सहितको संविधान” प्रदान गरिने सिद्धान्तमा दतचित भई सिङ्गो नेपाललाई (१) हिमाल (२) पहाड र (३) तराई मधेश गरी जम्मा तीन प्रदेश कायम गरि विधमान समस्याको सामाधान खोजिनु पर्दछ । कथमकदाचित त्यो लामो भयो भने प्रत्येक प्रदेशलाई मध्य विन्दुबाट आधी आधी गरी दुई दुई प्रदेशमा बाँडी छ प्रदेश निर्धारण गरी कसैले पनि टाउको नदुखाई वर्तमान विधमान समस्याको सामाधान गरिनु पर्दछ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
के भारतले नेपालको नाकाबन्दी ( Blocked ) गरेको हो त ?
 अधिवक्ता, जयकुमार गोइत  मेरो जिवनको प्रारम्भ देखि हाल सम्म हाम्रो देशमा समय समयमा हल्ला चलेको र सोही हल्लाको भूमरीमा राष्ट्र ओझेलमा परेको तथ्य मलाई स्मरण भएको छ ।  पञ्चायती
दूई अतिवादको भुमरिमा मुलुक
रामरिझन यादव अहिले मेचीदेखि महाकालीसम्म तराईमधेश अशान्त छ । विगत केही सातादेखि तराईका प्रायः सवै जिल्ला ठप्प रहेका छन् । सुदूर पश्चिम बन्द भएको त तीन साता नाँघिसकेको छ । यसप्रकारको
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता