नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Sep 01, 2015
दूई अतिवादको भुमरिमा मुलुक
रामरिझन यादव
अहिले मेचीदेखि महाकालीसम्म तराईमधेश अशान्त छ । विगत केही सातादेखि तराईका प्रायः सवै जिल्ला ठप्प रहेका छन् । सुदूर पश्चिम बन्द भएको त तीन साता नाँघिसकेको छ । यसप्रकारको सोलोडोलो मधेश बन्द २०६४ सालको युगान्तकारी मधेश विद्रोहताका पनि भएको थिएन । त्यतिवेला सुदूर पश्चिमले मधेश विद्रोहलाई अथ्र्याउन सकेका थिएनन् । किनकि त्यतिवेलासम्म मधेशी र थारु अलग अलग दुई समुदाय हुन भन्ने कुरा माओवादीले आफ्नो आन्तरिक पार्टी जीवनमा मात्र होइन  वाहिर पनि स्थापित गरिसकेका थिए । नाम चलेका पार्टीले भनिसकेपछि मधेशलाई फुटाउ र शासन गर भन्ने शासक वर्गकालागि झन सजिलो हुन पुग्यो । त्यसैले जनयुद्ध र जनआन्दोलनमा औसतभन्दा उम्दा भूमिका निर्वाह गरेका थारु समुदाय मधेश विद्रोहप्रति उदासीन देखियो । यद्यपि मधेशी समुदाय युगौयुगदेखि थारुलाई आफ्नो अभिन्न अङ्गको रुपमा मान्दै आएको तथ्य कहिकतै लुकेको छैन । जगजाहेर छ । शायद त्यसैले होला आफ्नो राजनीतिक जीवनको अत्यन्तै संकटकालीन दौरवाट गुज्रिरहेका विजयकुमार गच्छेदारको आश्रयस्थल मधेशी जनअधिकार फोरम बन्न पुग्यो । मधेशी मुक्ति हुन गयो ।  तर पनि कता हो कता थारुहरु मधेशी समुदायवाट भयभित र त्रसित भइरह्यो । एउटै भूमिको दुई सन्तान, जो मेचीदेखि महाकालीसम्म सैयौवर्षदेखि एउटै धरतीको पानी खाएर खेल्दैहुर्किदै र समान किसिमको समस्यासंग लड्दै, झगडदै र जुझ्दै गणतान्त्रिक नेपालको नागरिक हुन पुगे, दुई वीचको मनमुटावले तराईमधेशको मनोविज्ञान विभाजित हुन पुग्यो । यही विभाजित मनस्थिति  शासक वर्गको लागि राजनीतिको खेल मैदान बन्न गयो । यस तथ्यप्रति थारु समुदाय सजग हुन सकेनन् । अहिले मूल मधेशलाई छुट्याउनु र थारुप्रति वेवास्ता गर्नु यसको ज्वलन्त उदाहरण हो ।   
        सन पचासको दशकमा नै मोरेङ्ग सुनवा, जसलाई जसपाल सिहं पनि भनिन्थ्यो, ले भारतका प्र.मं जवाहरलाल नेहरुसंग झारखण्ड राज्य माँगेका थिए । तर अंग्रेजीशासनवाट भरखरै सत्ता सुख पाएका पं नेहरुले सुनवाको माँगप्रति रतिभर ध्यान दिएनन् । सुनवा, गजेन्द्र नारायण सिहं जस्तै जीवनभर संघर्ष गर्दागर्दै वित्नु भयो । तेलाङ्गना, छत्तिसगढ, नागालैण्ड, त्रिपुरा, अरुणचल प्रदेश लगायत थुप्रै भारतीय राज्य निर्माणको संघर्ष गाथा पनि यस्तै छ । तर आज ती सवै राज्यहरु भारतको वास्तविकता बनेका छन् । नेहरु र त्यसपछिका शासकहरुले उनिहरुको जायज माँगप्रति सम्वेदनशील भएकोभए हजारौहजार भारतीयहरुले आफ्नो ज्यानको आहुति दिने थिएनन् ।  आखिर तिनीहरुले मरेर पनि आफ्नो अधिकार लिएरै छाडे । तर यो संघर्षमा कुनै पाकिस्तानी मारिएनन् भारतीयहरु नै मरेका थिए भन्ने सदबुद्धि नेताहरुमा धेरैपछि आएको हो । संविधान कुनै पत्थरका लकिर होइनन । यो समझौताको दस्तावेज हो  भन्ने जुन अभिव्यक्ति अहिले नेपाली संस्करणका यी नेहरुहरुवाट आइरहेको छ, त्यसले पनि तिनीहरुको छुद्र अभिष्टलाई पुष्टि गर्दछ । त्यसैले कैलाली र कंचनपुरको रौं पनि छोडदिन भन्ने एकात्मक केन्द्रीकृत पंचायती निरंकुश शासनका मानस पुत्रहरुको अतिवादी दृष्टिकोण नै कैलाली टिकापुर घट्नाको कारण बन्न पुगेको छ  । यसलाई जति भत्र्सना गरेपनि कम हुन्छ । डा. बाबुराम भट्टराई साधुवादका पात्र हुन, जसले विशेष समितिमा नै त्यस्तो ओछो राजनीति बोकेकाहरुलाई ललकारेका थिए । यदि तिनीहरुले डा. भट्टराईको प्रस्तावलाई स्वीकारेको भए शायद यतिको विभत्स घट्नाको शिकारवाट मुलुक जोगिन्थ्यो । टिकापुर श्मसान बन्ने थिएन । मुलुकमा सदभाव खलवलिने थिएन ।  वर्षौवर्षदेखि टिकापुमा थारु र पहाडी सामज बीचको सुमधुर सदभाव, जो कतिपय अर्थमा रगतको साइनोसम्म जोडीन पुगेको छ, अहिलेको कहालीलाग्दो अवस्थामा पुग्ने थिएनन् । त्यसैले क. किरणको शब्दमा अहिले  नेपाली कांग्रेस र एमालेले  यथास्थितिवादलाई पृष्टपोषण गरिरहेको कुरा भन्नु पर्दा कुनै अतिशयोक्ति हुने छैन । तर दुखको कुरा के छ भने एकीकृत माओवादी जस्तो अग्रगामि संविधानका पक्षधर पार्टीका एका दुका नेताहरुले पनि कांग्रेस÷एमालेको स्वरमा स्वरमा मिलाएको देख्दा तिनीहरु व्यर्थमा जनयुद्ध लडेका थिए भन्ने कुरा बुझ्न गाहे छैन । 
                      यसरी के देखिन्छ भने विगत कैयौं वर्षदेखि कैलाली, कंचनपुर, झापा, मोरङ्ग, सुनसरीलाई पहाडमा मिलाउने अभिष्टका साथ संघीयताका खाका प्रस्तुत गरिरहेका यी यथास्थितिवादका नौला संस्करणहरुको दुष्ट प्रवृतिको कारण आज नेपाली नेपाली वीचको सदभाव खलवलिन् पुगेको छ । यसप्रकारको अतिवादको जन्म यथास्थितिवादी दृष्टिकोणको भुमरिवाट उब्जेको देखिन्छ । मूलतः यस सोचको जन्मदाता मुलुकको एकात्मक, केन्द्रीकृत, सामन्तवादी राजतन्त्रात्मक शासन प्रणाली हो जसले अढाईसय वर्षदेखि वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक तथा वहुधार्मिक मुलुकमाथि एकल धर्म, एकल भाषा, एकल भेष र एकल जातको वर्चश्व कायम गरेर अन्य भाषा धर्म र संस्कृतिलाई शोषण, दमन र उत्पीडन गरिरह्यो । 
कथित राष्ट्रियताको वखान गर्न नथाक्ने यो शासन प्रणलीका सूत्रधारहरुले भूमि पुत्रहरु (कयल या तजभ कयष्)िका लागि अभिशाप नै सावित भयो । अहिलेको सवैभन्दा चर्चित कैलाली, कंचनपुर, झापा, मोरङ्ग, सुनसरीलाई मात्र होइन सिंगो तराईमधेशलाई नै निल्न खोज्यो । १७ प्रतिशत भूभागमा ५० प्रतिशत जनताको वसोवासले पनि यो कुरालाई पुष्टि गर्दछ । अहिले मधेशको कूल जनसंख्याको ३० प्रतिशत हिस्सा पहाडी समुदायको छ  । २००७ सालभन्दा पहिले यो १ प्रतिशत पनि थिएन । यस्तो अवस्थामा एक इन्च पनि नछोड्ने सोचको निर्माण एकात्मक शासनवाटै सरेको हो ।
      एकातिर मुलुकको वस्तुगत यथार्थलाई जातीय रङ्ग भिडाएर आफ्नो अभिष्ट पूरा गर्ने पंचायती शासनका वहुदलीय संस्करणहरुको राजनीतिले  वर्चस्व स्थापित ग¥यो भने अर्कोतर्फ मुलुकको अखण्डतामाथि नै प्रश्नवाचक चिन्ह खडागर्ने कामको दुष्प्रयास भएको छ । यी दुइटै अतिवादको भुमरिमा नेपाल फसेको देखिन्छ । हिजोसम्म तराईमधेशमा फुटाउ र शासन गर भन्ने नीति अन्तर्गत धरतीपुत्रहरुलाई विभाजन गर्न सफल शासक वर्गको लगि अवको राजनीति त्यति सहज देखिन्न । मूलतः एकात्मक शासनका यी मानस पुत्रहरुले आफ्नो अवसानको खाल्डो आफै खनेका छन् । तराईमधेशको सवर्ण जातिमा  सवैभन्दा शोषित र पीडित थारुप्रतिको यो हेपहा प्रवृतिले सम्पूर्ण तराईवासीहरुलाई एकसूत्रमा बाँध्ने नोलो अभ्यासको सूत्रपात गरेको छ । हिजोसम्म मधेशकेन्द्रित  दलहरुको एक मधेश एक प्रदेशको रणनीतिलाई असफल पार्न जुन सूत्रको प्रयोग शासक वर्गले गरेका थिए आज त्यो फरमूलाको अक्षरशः र वास्तविक ज्ञान थारु समुदायलाई भैसकेको छ । भरखरै राजकुमार लेखीले इटहरीमा अभिव्यक्त आक्रोशको अन्र्तवस्तुले तराईमधेशमा एकपटक फेरि ज्वारभाँटा ल्याउने संकेत दिएका छन् । अमरेश सिहंले पोखेको आक्रोशसंग ठ्याकै मेलखाने प्रकारको लेखीको अभिव्यक्तिप्रति समयमा नै ध्यान पु¥याइएन भने यसले अनावृष्टि ल्याउने सम्भावनालाई नकार्न सकिदैन । त्यसैले थरुहट आन्दोलन कुनै जातीय संघर्ष होइन यो अधिकारको अन्दोलन हो भन्ने चक्षुज्ञान शासकवर्गलाई हुनु आवश्यक छ । 
   अहिलेसम्म थारु समुदायको कुनैपनि व्यक्ति राष्ट्रिय अखण्डता विरुद्ध आफ्नो अभिव्यक्ति दिएका छैनन । शासक वर्गले थारुको यिनै सदाशयतालाई कमजोर ठानेर नै होला उसले उठाउदै आएको जायज माँगप्रति रतिभर ध्यान पु¥यएनन् । जवाहरलालले मोरेङ्ग सुनवाको माँगलाई लत्याए जस्तै ।  
नेपालको राष्ट्रियअखण्डता र यसको सार्वभौमिकतामा आँच पु¥याउने खालको गतिविधि भैरहेकोले मूल मधेशको चाही सम्वोधन हुने तर थारुहरुको सघन वसोवास भएको सुदुर पूर्व र सुदूर पश्चिम चाही नहुनेको कारण पक्कै पनि शासक वर्गले राणाकालदेखि यस जातिप्रति अपनाउदै आएको विभेदपूर्ण व्यवहारको पुनरावृति हो । त्यसकारण नेपालको अखण्डताप्रति सधै सजग, सचेत र  सम्वेदनशील रहदै आएको थारु समुदायसंग खलवलिन पुगेको पहाडी समुदायको भावनात्मक एकतालाई सूत्रवद्ध गर्न र राष्ट्रिय अखण्डता विरुद्धको अतिवादलाई निस्तेज पार्न थरुहट आन्दोलनलाई सम्वोधन गर्नै पर्छ । दुई अतिवादको वीचमा पिल्सिन् पुगेको थारु समुदायको जायज हक अधिकारलाई यही संविधानसभावाट सम्वोधन हुन सकेन भने भारतमा वर्षौवर्षसम्म एकल पार्टीको रुपमा वर्चश्व स्थापित गरेका भारतीय काँग्रेसको अहिलेको दुर्दशा जस्तै तराईमधेशमा शासक वर्गले व्यहोर्न तयार रहनु पर्छ ।      
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता