नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Jul 24, 2015
स्वराज प्रत्येक नागरिकको जन्म सिद्ध अधिकार हो र मधेश आन्दोलन पहाडीको पनि हो !
                                       सुरज दाहाल
म कुनै बेला खाडीमा थिए । मेरा दूई श्रद्धय मित्र सन्तोष चौधरी र राजु साह अहिले पनि खाडीमै हुनुहुन्छ । आम बुझाइमा म पहाडे सन्तोषजी थारु र राजुजी मधेशी क्या विचित्र वर्गीकरण छ । पंक्तीकार ‘कालो वर्ण’का छन् । मधेशी जस्तै देखिने ! पंक्तीकारलाई धेरै चोटी मानिसहरुले ‘धोती’ र ‘मधेसी’ भनेका छन् तर मेरा लागि त्यो ‘अपमान’ नभएर ‘सम्मान’ थियो । अब लागौ सन्दर्भतीर ! मैथलीमा एक कथन छ ‘ज्यादे जोगी मठ उजाडे’ संविधानसभा जात्रा भाग एकको निर्वाचन गर्न आठ अर्ब ,सोही जात्राका प्रदर्शक छ सय एकको खान्की सात अर्ब साथै चलिरहेको दोस्रो जात्राको निर्वाचनमा चौध अर्ब र हाल सम्म पछिल्लो छ सय एक नर्तकी र नर्तकको तलब भत्तामा डेढ अर्ब भन्दा बढी गरेर तीस अर्ब भन्दा माथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा तीन सय अर्ब भन्दा बढी राज्यकोषको ढुकुटीबाट स्वाहा पारिएको छ । भर्खरै बजारमा आयो संसारकै महङ्गो एक थान विभेदी संविधान ! कतै कविता जस्तो ,कतै घोषणापत्र जस्तो ,कतै चुनावी नारा जस्तो अनि कतै नेताका लेख जस्तो । भोजपुरीमा एउटा मुहावरा छ ‘लिलार बड सरदारके ,गोबड गवार के ’ वि .स. २०६३ पुस माघको मधेश आन्दोलनको उपलब्धीपछि ‘मधेशी नेताहरु’ आफ्नै व्यक्तिगत र दलगत स्वार्थमा रुमलिएको र आम मधेशी जनसरोकारका विषयमा उदासिन बनेको तितो सत्य कसैले अस्वीकार गर्न मिल्दैन । त्यसैले आज पनि मधेश सङ्घर्षको मैदानमा छ । यहां मैले हिन्दी कथन ‘चुहे खाकर बिल्ली हजको चली’ थपे भने अनर्थ लाग्दैन होला । मधेशको मामिलामा यति बेला हामी दुई भागमा बाँडिएका छौ  । ‘मधेशवादी’ र अर्को ‘मधेश विरोधी’। तराईका केही दाजुभाइले ‘मधेश विरोधी’ लाई ‘पहाडीया’को दर्जा दिदै गर्दा मैले महान् सङ्घर्षशील मधेशी नेपालीजनसँग क्षमाप्राथना गर्दै आफ्नो असन्तुष्टी व्यक्त गर्नै पर्दछ । शब्दलाई नै हेरौ ‘मधेशी’ शब्दको सिधा अर्थ हुन्छ ‘मधेश अथवा तराईभित्र बसोबास गर्ने ।’ अर्को परिभाषामा तराईको पूर्वमा पर्सादेखि पश्चिममा सुनसरीसम्म बसोबास गर्ने नेपालीजन । ‘भारतीय मुलका तराईबासीलाई मधेशी’  र ‘पहाडीया मुलका तराइबासीलाइ गैर मधेशी’ भनेर सरकारी जनगणनाले वर्गीकरण गरेको छ । सबै परिभाषालाई पन्छाउदै आम जनजीवनमा परिचित परिभाषा हेरौ ‘पहाडी’ को सिधा अर्थ हुन्छ पहाडको भुगोलभित्र बसोबास गर्ने तर हिजो आज प्रयोगमा आएको ‘पहाडी’ शब्दको अर्थ मधेशमा सिधै ‘मधेश विरोधी’ भनेर लाग्दछ । यसमा हामी थप प्रष्ट हुनै पर्दछ । सबै मधेशी मधेशवादी नहुन सक्दछ । मधेश भित्र पनि मधेश विरोधीतत्व हुन सक्दछ । सबै पहाडीया मधेश विरोधी नहुन सक्दछन् । मधेशी नेपालीजनलाई अधिकार दिनु भनेको आम पहाडी र हिमाली नेपालीजनको अधिकार खोसिनु हैन ‘सासक वर्गको सिमित अधिकार शोषित वर्गमा’ फिर्ता हुनु हो । यो विषयमा आम नेपाली स्पष्ट हुनै पर्दछ । सबै मधेशी नेपाली हुन भनेर स्वीकार र सम्मान नगर्ने प्रवृती व्यवहारीक रुपमा मधेश विरोधी प्रवृती हो जुन आम जनतामाझ अझै पनि व्याप्त छ । यो प्रवृती पहाड र हिमाली भेगका नेपालीमा मात्र हैन मधेश भित्रकै नेपालीमा पनि भेटिन्छ । नेपालमा एउटा भ्रम छ ‘मधेशका माग अथवा मधेशीको सङ्घर्ष मधेशीका मात्र हुन ।’ यो आम नेपालीको बुझाइ गलत छ । मधेशको समस्या मधेशका नेपालीको मात्र समस्या हुदै हैन । मधेशका नेपालीजनको अधिकारको माग प्रत्येक सत्यवादी न्यायपुर्ण नेपालीको माग हो । मधेशभित्रै र बाहिर अर्को गलत बुझाइ के छ भने ‘मधेश आन्दोलन भारत मुखीको हो । नेपालीको हैन । ’ यो खोक्रो राष्ट्रवादीले जनतामाझ छरेको भ्रम हो । प्रत्येक पहाड र हिमालको नेपालीलाई जती यो देशको माया छ त्यती नै यो मधेशका नेपालीलाई पनि छ । दक्षिणी छिमेकीको हेपाहा प्रवृतीको वास्तवीक पीडा मधेशीको छातीभरी छन् । काठमाडौ बसेर राष्ट्रवादका नारा लगाउन जति सजिलो छ त्यो भन्दा हजारौ गुणा कठीन सङ्घर्ष नेपाल भारत सिमाना वरीपरीका ग्रामीण बस्तीका नेपालीजनले गर्दै आएका छन् । मधेश माथी निरन्तर “प्रयोग गर र फ्याक” (ग्क्भ् ब्ल्म् त्ज्च्इध्) को निती प्रयोग गरियो । तत्कालीन माओवादीले मधेश मुक्तिको नारा दिएर हजारौ मधेशबासी नेपालीजनको प्राण आहुती दियो । एमाले र काङ्ग्रेस जस्ता गैरराजनीतीक झुण्डको त कुरै नगरौ मधेश आन्दोलनबाट अगाडि आएका कतिपय नेता पनि ‘अवसरवादी’ बने । अर्थात, मधेशले ‘मधेशी नेतृत्व ’ प्राप्त गरेन । धेरै नेता मधेशबाट राष्ट्रिय राजनीतीमा आए तर धेरै उही शोषण र सामन्ती प्रवृतीका अगाडि आए । सिधै भन्दा नेता मधेशी भए पनि प्रवृती उही ‘पहाडीया शोषण’को रहदै आयो । अब समग्र ‘नेपाल’ले आफ्नै नेतृत्व खोजेको छ । तराईको राजनीतिमा षड्यन्त्रकारी अवसरवादी नेतृत्वले विसौ वर्ष राज गरे अब नेतृत्व लिनु छ ‘नयां चेतनशील विवेकशील मधेशी युवा’ले जसले वास्तविक समस्या बुझेको छ र समाधान गर्न सक्दछ । नेपालको महान् सांस्कृतिक धरोहर थारु समुदायमा एउटा कथन छ ‘सैतान जान नै मारै छै सैतान दुख दै छै ।’ पुरानै नेता ,पुरानै राजनीतिक शैली र पुरानै प्रवृतीबाट यो देशको समस्या समाधान हुनै सक्दैन । पंक्तिकार समग्र मधेशी समुदायका युवावर्गलाई सैतानहरुलाई नष्ट गर्दै नयां नेपाल निर्माणको जिम्मेवारी लिन यही लेख मार्फत अनुरोध गर्दछन् । शुभ काम मे देर कथि के ? केही दिन अगाडि यो लेखको प्रस्तुतकर्ताले एक प्रबुद्ध मधेशी पत्रकारलाई सोधेको थियो ‘सगरमाथा तपाईको शिर हो की हैन ? हिमाल र पहाड तपाईको हो की हैन् ? अनी एक नेपाली हुनुको नाताले मधेश मेरो हो की हैन ? उहांले जवाफ दिनु भएको थियो ‘सगरमाथा मेरो पनि हो र म गर्व गर्दछु समस्या राज्य सत्ताको सामन्त पद्धतीमा छ । आम पहाडी अथवा हिमाली नेपालीजन हाम्रा शत्रु हैनन मित्र हुन ।’ मैले थपे म कल्पना गर्दैछु ‘पहाडी नेपालीजन मधेश आन्दोलनमा मधेशीका पक्षमा सडकमा आए भने कती सुन्दर होला ?  उहाले जवाफ दिनु भयो ‘म पनि यहि दिनको प्रतीक्षामा छु ।’ यो असम्भव छैन सम्भव छ । एक मधेशीको न्यायको लागि एक पहाडी उभिन सक्दछ एक पहाडीको हितको लागि एक मधेशी उभिन सक्दछ किनकी दुवै नेपाली हुन् ।
म एक पहाडी नेपाली मधेशी नेपालीजनका न्यायोचित सत्यपुर्ण र समानताका मागहरु सहितको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछु र मधेशका समस्या मधेशमा नै तत्काल समाधान गर्न आवश्यक भएकोले सम्पूर्ण नेपाली युवालाई मधेशीको हक र हीतको पक्षमा उभिन अनुरोध गर्दछु । तराईमा ‘विखण्डन अथवा स्वतन्त्र मधेश’को भडकीलो नारा लाग्नुको पछाडि मधेशका देशभक्त नेपालीजन हैन काङ्ग्रेस ,एमाले र एमाओवादी लगायतका दल जिम्मेवार छन् । अनि जिम्मेवार छ हाम्रो मधेश विरोधी मानसिकता ! अझै राज्यले मधेशलाई बेवास्ता गरेको खण्डमा विखण्डनको नारा चर्कदैन भन्दा स्थितिको गलत मुल्याङ्ककन हुनेछ । नागरिकतासहित सर्वस्वहरण गरेर जेल चलान गरिनु पर्ने केही थान भ्रष्ट नेताले अंगीकृत नागरीकता र वंशजको आधारमा नागरीकता कसलाई दिने कसलाई नदिने भनेर निर्णय गर्नु आफैमा अर्थहीन ,औचीत्यहीन र महत्वहीन छ । यो देश नेपाल कुनै कथित राजनीतीक दलको बाबुको विरता हैन । जनजातीका माग ,मधेशका माग ,महिला अधिकार विषय , दलितका आवाज ,अपाङ्गका रोदन सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको आवाज हो । सङ्घर्ष ’शाषकवर्ग ’ र ‘शोषित वर्ग ’बीचको हो । सिमान्तकृत र अधीकृत बीचको हो । नेपाली नेपालीबीचको हैन । ‘स्वराज’ प्रत्येक नागरिकको जन्म सिद्ध अधिकार हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता