नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Jul 24, 2015
मधेशीको माग,अब निर्णायक आन्दोलन
                                      प्रभात राय भट्ट
विगतका मधेस आन्दोलनमा राज्यले मधेसी नेताहरु लाई विभिन्न प्रलोभनम पारी सुनियोजित ढंगले आन्दोलनलाई २२ बुन्दे सहमती गराइ निरुत्साहित एवं मथर पार्ने काम गर्यो त्यो सर्वविदितै छन् । कहाँ कहाँ कस कसबाट के के गल्ती कसरी भयो ? त्यतातीर अहिले न जाउ र त्यसको लेखाजोखा र तत्पश्चातको नमिठो परिणाम मधेसी नेताहरुले भागिसकेका छन् । तर अब फेरि त्यो गल्ती न त कुनै मधेसी नेता न त कुनै मधेसी पार्टीबाट होस् भने हामी खबरदारी गराउन चाहन्छौ । पहिलेको आन्दोलन जस्तो अबको आन्दोलन न होस् भन्ने हामी मधेसी युवा वर्ग सचेत र चनाखो भएर बस्नु पर्छ । आन्दोलनकारीहरुले आन्दोलन कसरी संचालन गर्ने  ? आन्दोलनलाई कसरी निर्णायक बनाउने भने कुरामा प्रसस्त कला कौशलता अपनाउनु जरुरी छ भने आन्दोलन कसको नेतृत्वमा गर्ने त्यसमा पनि ध्यानाकर्षण गराउन चाहन्छु । आन्दोलनका बुदाहरु स्पष्टरुपमा जनताको हात म दिनु पर्छ र ती माग पत्रबाट एक इन्च नघटाईकन आन्दोलनलाई मुर्त रुप दिनु अबको आन्दोलनको संकल्प हुनुपर्छ । र एउटा कुराको पुनः ध्यानाकर्षण गराउन चाहन्छु  ६२ र ६३ को आन्दोलन पनि कुनै नेता वा कुनै पार्टीको नभइ मधेसी जनताको थियो र आन्दोलनको मुख्यतः माग आत्म निर्णयको अधिकार सहित एक मधेस एक प्रदेश,स्वयात शाशन, राज्यको प्रत्येक निकायमा बराबरिको साझेदारी एवं समाबेशिको माग थियो । त्यो अहिले पनि जिवन्त छन । यो बुदाहरु लाई स्थापित गराउनै पर्छ यसैको निमित हाम्रा ५४ जाना वीर मधेसी सपुतले सहादत प्राप्त गरेका थियो । उनीहरुको सपना साकार हेतु अन्तरिम संविधानले पनि सम्बोधन   गरिसकेको छ त्यस कारण कुनै पनि हालतमा त्यो सहिदहरुको सपना माथी तुसारपात हुन दिनु भएन ।
          तर यी उपलब्धीलाई स्थापित गराउन त्यति सजिलो पनि छैन किनभने यथास्थितिवाद्का पोशक  पार्टीहरु नेपाली काङ्ग्रेस,एमाले एवं आमूल परिवर्तनको नारा बोकेर राजनीतिको शुरुआत गरेका तर अदुरदर्शी सोच, हठबाजि एवं अकर्मण्यताको कारण राजनीति अस्तित्व नै धरापमा परे पछि पथभ्रष्ट भएका  पार्टी एमाओबादी आमूल परिवर्तनको विरोध गर्न उधृत भएका छन भने सामन्ती शासकका भग्नावशेशबाट जन्मिएका उतराधिकारिहरु  मुर्खधिराज केपि ओलि, छोटे राजा वामदेव गौतम, धृष्टराष्ट्र सुशील कोइराला लगायत भाइमारा गदार विजय गछ्द्दार जस्ता बर्णनशंकर मधेसको भुमिमा दिर्घकाल सम्म सामन्ती शासन गर्ने हतकन्दा हरु संविधानको पहिलो मस्यौदामा समावेस गरिसकेको छ ।
             तसर्थ काठमाडौंमा बसेर मधेशी नेताहरु सता भत्ता खाने र मधेसमा आन्दोलन चर्काउने भाषणको कुनै अर्थ रहदैन यो जनताको आन्दोलन हुने छन् र निर्णय पनि जनताले नै गर्छन् । होइन भने संविधानसभा बाट राजिनामा देउ र आन्दोलनमा अगाडि बढ जनताले फेरि एक चोटी साथ दिन तयार भएका छन् । अर्को कुरा मधेसी पार्टीहरु दोस्रो संविधानसभामा पराजय भएदेखि नै पार्टी एकीकरणको मेलोमेसो मिलाएका थिए । तर आ आफनो स्वार्थबाट माथी उठन नसकेपछि सहमती हुनसकेन भने अहिले चार दलको मधेश विरोधी मस्यौदाको प्रतिकार गर्न समेत मधेसी पार्टीमा कार्यगत एकता हुन सकेन मधेसी मोर्चामा महन्थ ठाकुर, उपेन्द्र यादब,महेन्द्र यादब र राजेन्द्र महतो रहेका छन् । के यी चार जना मात्र मधेसको ठेकेदा हुन ?  यिनिहरुले बांकी सबैलाई पाखा लगाई आन्दोलन गर्न सक्छन् ? होइन भन्ने आन्दोलन प्लानर जेपि गुप्ता,डिजाईनर मातृका यादब लगायत पुरक  सरिता गिरि,अनिल झा,राजकिशोर यादब यिनीहरुलाई किन समावेश गरिएन ?  यदि मधेसी मोर्चा साचै नै मधेसी जनताको लागि राजनीती गर्ने हो भन्ने सबै शक्ति सङ्ग कार्यगत एकता गरि मधेसको भुमीमा आउनु पर्छ । हामी मधेसी जनता  साथमा छौ र आन्दोलनलाई निर्णायक बनाएरै छाडछौ । तर आन्दोलन गर्ने मधेसी युवा मधेसी जनता र क्रेडिट लिने काम मोर्चाले गर्न खोज्यो भने यो कदापी सम्भव छैन् । बरु उल्टो मधेसबाट लखेटिन सक्छन् र जनसमर्थन जयकृष्ण गोइत तथा ज्वाला सिंह, स्वराज मधेस एवं  यसको अभियन्ता सिके राउतमा जान सक्छन्,एक मधेस एक प्रदेसको नारा  नेपाली शाशकका अन्त हो,मधेस देस स्वतन्त्र हो, हुन सक्ने प्रचुर सम्भावना देखिन्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता