नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 28, 2015
पूर्वी मधेशमा एकै दिन आधा दर्जन लाश
 सप्तरी, १६ फागुन । सप्तरीमा छुटाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ख १७७७ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स २ प ३१२१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको हनुमाननगर–४ निवासी २३ वर्षीय रामचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मोटसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय रोशन चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । घाइते चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत सप्तरीको दौलतपुर– ५ मा बा.३२प ६४९१ नम्बरको मोटरसाइकलले ठककर दिँदा स्थानीयवासी ६० वर्षीया गङ्गादेवी रामको मृत्यु भएको छ । 
ठक्करबाट गम्भीर घाइते भएकी रामलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । यसैगरी,सप्तरीको देउरी भरुवा ७ मा राँगाले हान्दा एक पुरुषको ज्यान गएको छ । छाडा छोडेको राँगाले हान्दा स्थानिय ४५ बर्षिय शिब नारायण यादवको मृत्यु भएको हो । यस्तै,सुनसरीको ईटहरी उपमहानगरपालिका २० पूर्वपश्चिम राजमार्गमा रातको २१३० बजे ना। २ ख ५८२८ नंम्बरको ट्रकमा को। ५ प ६६१५ नम्बरको मोटरसाइकल पछाडीबाट ठक्कर खाई दुर्घटना हुंदा ईलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत प्रहरी सहायक निरीक्षक तिलकराम चौधरीको मृत्यु भएको छ । सिरहा र सोलुमा एक एक जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता