नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Jul 04, 2015
शिक्षाप्रति सिरहाका शिक्षा अधिकारीको सूचना लापरवाही, बलही विद्यालयमा शिक्षक अभाव
 दिनेश्वरप्रसाद गुप्ता
लहान, १९ असार । निजी भन्दा सामुदायिक विद्यालयमा आज पनि शिक्षास्तर गतिलो रहेको अवस्थामा शिक्षक अभावले कठिनाई भोगिरहेको छ । सिरहाको श्री रजै जनकलाल मावि बलही २००७ सालमा स्थापना भएपनि त्यहां शिक्षकको अभावले विद्यार्थीहरु मारमा परेका छन् । गतिलो शिक्षाको व्यवस्था भएकोले रजै माविमा एक हजारबढी विद्यार्थी छन् । जहां विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुग्ने गरेको छ त्यहां बलहीका रजै माविमा शिक्षक कम भएपनि विद्यार्थी संख्या दिनदिनै बढ्दै गएको छ । 




‘शिक्षाको गुणस्तरको लागि हामी कसैसंग सम्झौता गर्दिन ।’ ‘राम्रो पढाई भएकै कारण हाम्रो विद्यालयमा दिनदिनै विद्यार्थीको संख्या बढ्दै गएको छ ।’ रजै माविका प्रअ मनोजकुमार झा बताउंछन् । 
प्रअ झा अगाडि थप्छन् —‘२० जना शिक्षकको दरबन्दी रहेपनि शिक्षा कार्यालयको लापरवाहीले ५ शिक्षकको अझ पनि उपलब्ध नभएको अवस्था छ ।’ ‘शिक्षामा थप गुणस्तरको लागि यस विद्यालयमा यथाशिघ्र शिक्षकको पदपूर्ती हुनुपर्छ ।’ यस विद्यालयमा ७० प्रतिशत छात्रा छन् । छात्रहरु शहरियामुखी भएको अवस्था छ । 
दुर्गापुर र बलही गाविसको संयुक्त विद्यालय भएकोले निर्माण व्यवस्था समेत सवल रहेको छ । ४ महिला र ३ पुरुषमैत्री शौचालय रहेको छ भने शिक्षकहरुको लागि अलगै व्यवस्था गरिएको छ ।  महिला र पुरुषको लागि अलग अलग युरिनलको व्यवस्था गरिएको छ । विद्यालय परिसरमै साईकल स्टेनको व्यवस्था मिलाइएको छ भने थप भवन निर्माण कार्य जारी रहेको छ । 




आ.ब. ६९—०७० मा ४ कोठे भवन निर्माण कार्य थालिएको छ । सो भवनको लागत २४ लाखको बजेट बिनियोजित गरिएको हो । निर्माणाधित भवनको कार्य ९० प्रतिशत काम पुरा भएको छ भने केही महिनाभित्रै बांकी निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसैसाथ मर्मत कार्य पनि भइरहेको अवस्था छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकुमार महतो भन्छन् —‘शिक्षक अभावलाई पूर्ती गर्न शिक्षा कार्यालयलाई पटक पटक आग्रह गरे ’ तर, ‘ हालसम्म कुनै कानवात नदिएकोले विद्यार्थीहरु यसमा ठूलो मारमा परेको छ ।’ ‘अब लाग्छ शिक्षक पूर्तीकै लागि आन्दोलन गर्नुपर्ने समय नआउंला भन्न सकिन् ।’ 
यहां सिरहा जिल्लाका शिक्षा मन्त्री चित्रलेखा यादव र यसपनि उहां मन्त्री यादवकै छिमेकी गाउंका विद्यालयमा शिक्षक अभाव रहंदा कसको के लाग्छ र ? यसप्रति शिक्षा मन्त्रीको पनि दायित्वबोध हुनुपर्छ की पदैन् ? अर्कातीर सिरहाका जिल्ला शिक्षा अधिकार ओम कटुवालको मोबाईल नम्बर ९८५२८३१५१५ मा सम्पर्क गर्दा ‘यो नम्बर रजिष्टर गरिएको छैन् ।’ सूचना दिने गरेको छ । शिक्षाप्रति शिक्षा अधिकारीको लापरवाही सूचनाले सिरहाको शिक्षामा कहिले सुधार आउंला भनी व्यापक प्रश्न उठ्न थालेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता