नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Jun 26, 2015
काखमा बच्चा च्याप्दै,जानकी न्याय खोज्दैै
  दिनेश्वर गुप्ता । 
लहान । ‘जुवातास खेलेर आउंदा कुटपिट’ ‘सासु र नन्दले कुरा लगाउंदा  कुटपिट’ ‘केही नबोल्दा पनि लाठी हातमुक्काले कुटपिट’ यो पीडा धनगढी ५ नैनपुर निवासी जानकी साहकी हुन् । करिब ढेड बर्षदेखि यस्तो पीडा खेप्दै आएकी जानकी आज ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी छीन् । रामेश्वर साहका जेठी पत्नि अढाई बर्ष पहिले विरामी भएर मृत्यु शैयामा पुगेपछि साहले केही महिनापछि पीडित जानकीसंग विवाह गरेका थिए । 


पीडित जानकीले भन्छीन् ‘जेठी पत्निलाई उपचार नगराएको कारण मृत्यु अंगालीन् ।’ ‘म संग विवाह भएको दूई महिनापछि सधैं कुट्ने र घरबाट खेद्ने गरेका छन् ।’ तीन दिन अगाडि जानकीलाई कुटपिट गर्दै घरबाट निकालेपछि उनी अहिले लहान १ स्थित आफ्नी मितिनी जानकीदेवीकी घरमा बास बस्दैछीन् । पीडित जानकीले प्रहरीमा उजुरी दिएपछि विहीवार सांझ उनकी मितिनीको घरमा रामेश्वरले ८—१० जनाको समूह बनाएर धम्की दिएर गएका छन् । पीडित जानकी भन्छीन् ‘ म उजुरी दिएपछि मितिनीको घरमा आएर गालीगलौज गरी बस्न नदिन उर्दी जारी गरे ’ अनि, म आज रंजिता भट्टराईकी संरक्षणमा अन्तै बस्न बाध्य छु ।’ 
आज १५ महिनाको अबोध बालक काखमा लिएर जानकी न्यायको लागि सम्बन्धित निकायमा ढोका ढक्ढकाइरहेकी छीन् । तर उनीसंग एक रुपैयां नभएकोले न्याय पाउंन कठिनाई भोगिरहेकी छीन् । जानकी काखमा बच्चा लिएर सडकमा भौतारिदैको अवस्थामा सात दिनदेखि राम्ररी भात खान पाएकी थिइन् । मिडियाकर्मी भट्टराईले उनको न्यायको लागि लड्ने भन्दै जानकीलाई एक होटलमा लगेर मासुभात खुवाउंदै उनका बच्चालाई स्यहारसमेत गरेकीछीन् । 
‘सधै कुट्ने पतिसंग अब सधैंको लागि सम्बन्ध विच्छेद होस् ’ ‘तीनकालमे एकौकाल आब हम रामेश्वरसग नेरहअब’ पीडित जानकी आंसु पुच्दै बताउंछीन् । उनी अगाडि थपिन् ‘मलाई मेरो एक बच्चाको अंश दिए पुग्छ, म अरुमै काम गरेर जीवन पालन सक्छु ।’ ‘यसको लागि न्याय चाहियो हजुर’ । पीडित जानकीसंग एक रुपैयां छैन्, न्यायपक्ष न्याय दिलाउंन सक्छन् त ? यहां सयौ संघसंस्था डलर खेती गरिरहेको छ । तर, यस्ता पीडितको लागि लड्न किन पछाडि परेका छन् ? यता लहान प्रहरीले रामेश्वरलाई कारवाही गर्ने प्रतिबद्धता देखाएको छ । रामायणमा रामका जानकीले न्याय नपाएर धरतीमा आत्मसम्पर्ण गरिन् भने रामेश्वरका जानकी कहां कुन निकायमा न्याय पाउंलीन् ?


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता