नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 27, 2015
साना सास्ती, ठूलालाई राजस्व छलीमै मस्ती
 डिपी गुप्ता । 
लहान १५ फागुन । आन्तरिक राजस्व कार्यालय लहानको फितलो अनुगमनको कारण व्यापक राजस्व छली भइरहेको खुलासा भएको छ । अनुगमनको अभावमा शिक्षा,स्वास्थ्य, उद्योगलगायतमा व्यापक राजस्व छली भइरहेको अधिकारकर्मी राजकुमार राउत बताउंछन् ।
आन्तरिक राजस्व कार्यालय लहानले आंखा अगाडि रहेका दैनिक उपभोग्य समाग्री विक्री वितरण गर्ने पसलहरु प्रति बढि चासो लिने गरेको देखिन्छ । तर, पर्दा पछाडि करोडौको कारोवार गरिरहेका नर्सिगं होम, निजी विद्यालय, ईटटा भटटा, ठूलठूला होटल एवं लांजलगायतका व्यवसायीप्रति सरोकारवाल निकायको खासै चासो नदेखाएको स्थानीय महमुद आलम बताउंछन् । लहानको सप्तऋषि अस्पतालले माघ २९ गतेको मितिमा काटिएको बीलमा नकुनै पान र नकुनै भ्याट नम्बर उल्लेख छ । लोकल बसको टिकट साईजमा सि.नं. १४१५९ उल्लेख भएको  बीलमा ओटी प्लस बेड बापत ३६ हजार लेखेर रकम माग गरिएको छ । लहानका एक मजदुर कामको बेला दुर्घटना हुंदा खुटटा भांचिएकोमा त्यस अस्पतालमा आठ दिन बसेका थिए । औषधी र प्लाष्टरलागतय अन्य चार्ज बाहेक उनीसंग ३६ हजार लिएको हो । 
यता, सिरहा सप्तरीमा करिब एक सय भन्दा बढी इटटा भटटा संचालनमा रहेको छ । त्यस मध्ये अधिकांश भटटा विना दर्ता संचालनमा रहेको छ भने पांच ट्रयाक्टरको ठाउंमा एक ट्रयाक्टरको भ्याट भएको विल दिंदै राजस्व छलि  गर्दै आएको छ । 
गोलबजारको मुनाल ईटा उद्योगले बीलको मिति फरक रहेको भन्दै आन्तरिक राजस्व कार्यालय लहानले ईटा सहितको स.१ त.४२०६ नम्बरको ट्रयाक्टर आज सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयालाई जिम्मा दिइएको छ । 
उता, मारुती सिमेन्ट उद्योग चोहर्वाले  एक ट्रकको भ्याट  वील प्रयोग गरी दर्जनौ ट्रक सिमेन्ट बजारमा पठाउंने गरेको छ । आन्तरिक राजस्व कार्यालयलाई आंखामा धुलो हाल्दै उद्योगले डिलरवाललाई आपसी सम्झौता गरी राजस्व छली गरिरहेको छ । यस्तै, सप्तरीमा रहेको डिस्टलरीले नक्कली स्टीकर तयार गरी आन्तरिक राजस्व कार्यालयलाई आंखामा धुलो हाल्दै राजस्व छली गरिरहेको खुलासा भएको छ । 
शिक्षाक्षेत्रमा राजस्व छलीको कहाली लाग्दो अवस्था छ । निजी विद्यालयले कम विद्यार्थी देखाएर काम गरिरहेको छ भने टेकनिकल—स्वास्थ्य संस्थाले विना भ्याट बील प्रयोग गरी राजस्व छलि गरिरहेको छ । यस्तै अवस्था छ यहांको होटल र लांजहरु । लहानको एक होटलले कम्प्युटरसहितको विलिगं गर्दै आएकोमा हाल राजस्वको कारण कम्प्युटर हटाइएको छ । 
 

Attachments#
ettaadd.jpg (390 KB) ईटा सहितको स.१ त.४२०६ नम्बरको ट्रयाक्टर Download


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता