पेटमा हुने म्यूकस सुन्निने अवस्थालाई ग्यास्ट्राइटिस भन्दछ। म्यूकसमा हुने सेलले एसिड र एन्जाइमको उत्पादन गर्दछ जसले खाना पचाउनमा मद्दत गर्दछ । यसले खानालाई साना साना टुक्रामा परिणत गर्दछ। ग्यास्ट्राइटिस एसिड, एन्जाइम र म्यूकसलाई उत्पादन गर्नबाट बचाउँछ । यसबाट बच्ने उपायहरु निम्न छन।
.jpg)
१. खाद्य पदार्थ ः
ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्ने गर्दछ । यस्तो अवस्थामा पेट फुल्ने र दुख्ने गर्दछ । त्यसको लागि सबैभन्दा पहिला हामीले खानामा ध्यान दिनु आवस्यक छ। हाम्रा बदलिदो दिनचर्याको कारण यस्ता रोग लाग्ने गर्दछ। ।
२. ग्यास बनाउने खानाको सेवन नगर्नुहोस
ग्यास्ट्राइटिसको समस्याको सबैभन्दा ठूलो कारण ग्यास बनाउने किसिमको खानाको सेवन गर्नु । केक, मटर, कार्बोनेटयुक्त सामग्री, अमिलो खानेकुरा, काउली, बन्दा, सुपारीलगायत खानाको सेवन नगर्नुहोस् । यदि तपाईं ग्यास बनाउने खानाको अत्यधिक सेवन गर्नुहुन्छ भने यस्तो खानेकुरा आजबाटै खान बन्द गर्नुहोस् ।
३. नियमित भोजन
नियमित रुपमा खाना नखाँदा ग्यास्ट्राइटिसको समस्या हु्ने गर्दछ । धेरैजसो कामकाजी मानिसहरु बिहानको खाना छुटाउँछन् र एकैपटक दिउँसो धेरै खाने गर्दछन् जुन गलत बानी हो । यसले ग्यास्ट्राइटिस हुन मद्दत गर्दछ । यस्तो प्रकारको समस्याबाट बच्नका लागि नियमित रुपमा खाना खानुपर्छ । समयमा खाना र खाजाले ग्यासको समस्या कम हुने गर्दछ । यसका साथै खानालाई राम्रोसँग चपाएर खानुपर्छ ।
४. मसालेदार खाना नखानुस
धेरै तेल र मसाला भएको भोजन पनि ग्यास्ट्राइटिसको कारण बन्ने गर्दछ । यस्तो प्रकारको खाना सकेसम्म नखानुहोस् । खानामा हरियो सागसब्जी समावेश गर्नुहोस, सधैँ भोक लागेको भन्दा अलि कम नै खानुहोस् ता कि खाना राम्रोसँग पच्न सकोस् । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने गर्नुहोस।
५. मादक पदार्थको सेवन सिमित
धेरै रक्सी पिउने बानीले पनि ग्यास्ट्राइटिसको समस्या पैदा गर्ने गर्दछ । यद्यपी रक्सी ग्यास्ट्राइटिसको लागि एक्लो कारण भने होइन तर रक्सी नपिउँदा अथवा यसको सेवन सिमित गर्दा भविष्यमा हुने ग्यास्ट्राइटिसको जोखिमबाट तपाईं पक्कै पनि बच्न सक्नुहुन्छ ।
६. थोरै र नियमित आहारः
ग्यास्ट्राइटिसको समस्या पेटसँग सम्बन्धित भएका कारण पेटलाई आराम दिनका लागि थोरै तर नियमित आहारको सल्लाह दिइने गरिन्छ । भारी खानाले तपाईंको ग्यास्ट्राइटिसको समस्यालाई थप गर्न मद्दत गर्दछ ।
७. उपचारविधिः
ग्यास्ट्राइटिसका कारण पेटमा बन्ने एसिडलाई कम गर्ने प्रभावकारी ढङ्गको उपचार पद्धती अपनाउनुहोस् । अन्यथा एसिडले सुन्निएको ठाउँलाई अझ बढि क्षती पुर्याउने गर्दछ । यसका साथै ग्यास्ट्राइटिस भएका मानिसहरुले एस्पिरिन र नन– स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रगजस्ता औषधीबाट बच्नुहोस् ।