गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए गर्भावस्थामा पनि यौन सुख प्राप्त गर्न सकिन्छ। गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा कमी आउँछ। दोस्रो ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनामा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परिवर्तन आउँछ, तर त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ।


कति सुरक्षित ?
पहिलो ट्राइमेस्टर
पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ ।
दोस्रो ट्राइमेस्टर
यदि प्रेग्नेन्सी नर्मल छ र कुनै प्रकारको समस्या छैन भने दोस्रो ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। गुप्तांग मा लचकता, ब्लिडिंग, पीडा आदि समस्या भए परहेज गर्नुपर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
तेस्रो ट्राइमेस्टर

गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। अन्तिम ट्राइमेस्टरमा संभोग गर्नाले कहिलेकाहीँ एमिनोटिक फ्लुइड (बेबीको चारैतिर हुने तरल पदार्थ) लिकेज एवं रक्तस्राव हुने सम्भावना हुन्छ, अतः यस्तो अवस्थामा संभोग गर्नुहुँदैन।
सुरक्षित पोजिसन
प्रेग्नेन्सीको समयमा सीधा सुतेर वा मेन अनटप पोजिसन भन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ। यसबाट युट्रस अर्थात् गर्भमा धेरै दबाब पर्दैन। बुमेन अनटप पोजिसन पनि उपयुक्त हुन्छ। यसबाट गर्भाशयमा दबाब पर्दैन। सिटिंग पोजिसन पनि सुरक्षित मानिन्छ।

सावधानीका कुरा
— सेकेन्ड ट्रामेस्टर सम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ। यसबाट इन्फेक्सनको खतरा कम हुन्छ।
— प्रेग्नेन्सीको समयमा कुनै पनि प्रकारको लुब्रिकेन्टको प्रयोगबाट बच्नुपर्छ।
— यस बखत पेटमा भरसक कम दबाब परोस् भन्ने कुरामा सतर्क हुनुपर्छ। यो मामिलामा पुरुष पक्षले बढी सावधानी अपनाउनुपर्छ।
— प्रेग्नेन्सीका बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा गुप्तांग सम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ।
— कुनै प्रकारको कम्प्लेक्सन जस्तै फर्र्टि्लिटी ट्रिटमेन्ट वा ३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भएको स्थितिमा आवश्यक परामर्श पछि मात्र सहवासमा संलग्न हुनु राम्रो हुन्छ।
— वाइल्ड तथा हिंसक संभोगबाट बच्नुपर्छ, यसबाट गर्भवती महिलामाथि खतराको सम्भावना रहन्छ।
डेलीभरिपछि

— एपिसियोटोमी (डेलीभरकिा बखत लगाएको चिरा) सुकेपछि मात्र सहवास गर्नु उचित हुन्छ।
— सिजेरयिन डेलीभर िभएको स्थितिमा चिकित्सकीय परामर्र्श ्बिना संभोग गर्नुहुँदैन।
— गर्भावस्था वा योनिको इन्फेक्सनको सम्भावना नदेखिएपछि मात्र संभोग गर्नु उपयुक्त हुन्छ।