नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 27, 2015
शौचालय बनाउन धन होईन, मन हुनुपर्छ
 जीवछ उदासी ।
लहान, १५ फागुन ।   जहाँँ ईच्छा हुन्छ ,त्याँहा उपाय भन्ने भनाईलाई व्यवहारमै उतारेर द्रुत गतिमा शौचालय निर्माणको लहरै लहान ९ मा चलेको छ ।  मोटरसाईकल , आधुनिक मोवाईल दुई तल्ले घर भएका कर्मचारीहरुले पनि शौचालय वनाउन नखोज्नु धनको गरीव नभएर मनको गरीव भएको तथ्य फेला परेको शौचालय निर्माणको लागि लहानका नागरिक अगुवाहरुले अनुगमनको क्रममा यस्तो पाएको बताउनु भएको छ ।  
चैत १५ सम्ममा लहान ९ लाई खुल्ला दिसामुक्त गर्नको लागि धमाधम शौचालय निर्माणमा लागेको वेला केहिले त आफू शौचालय नवनाउने आफनै जमीनमा खुल्लै दिसा गर्छु भन्ने हठ गर्न थालेपछि नव गठित नागरिक समाजका अगुवाहरुले लहान ९ मा अनुगमनको क्रममा गरीव भन्दा पनि हुने खानेको अटेरी देखिएपछि नागरिक समाजका अध्यक्ष फूलेश्वर महतो , सचिव दिनेश्वर गुप्ता , रञ्जिता मण्डल , नेपाली काँग्रेसका स्थानीय नेता ज्वाला प्रसाद चौधरी र ईश्वरदेव साह लगायतका अगुवाहरुले घर घरमा गएर शौचालय निर्माण भईरहेको अनुगमनका साथै नवनाउनेहरुलाई पनि शौचालय वनाउन सचेत गराएपछि १५ चैतसम्ममा लहान ९ खुल्ला दिसामुक्त हुने संभावना वढेर गएको शहरी वातावरण समाजका प्रमुख सुदिप निरौलालले बताउनुभयो । लहान ९ का वाडा अध्यक्ष समेत भईसक्नु भएका ज्चौधरी र  साह स्थानीय नेताको हैसियतले दिनरात गरेर खटेपछि यस्तो लहर चलेको हो । त्यस वाडामा राम नाथ चौधरी जसको दुई धुर भन्दा कम जग्गा रहेको छ । दैनिक कमाउने दैनिक खाने राम नाथले सवभन्दा पहिलो शौचालय बनाएर त्यस वाडाको लागि गतिलो उदाहरण पनि वनेको छ । नागरिक समाज र स्थानीय राजनीतिक दलहरु एक भएर अभियानमा जुटेपछि शौचालय निर्माणमा गति आईरहेको अनुभव लहान ९वाट सिक्न पाएको अनुगमन कर्ताहरुले बताउनु भएको छ । शौचालय निर्माणको लगि धन होईन, मन चाहिन्छ । मन बनाउन नागरिक समाजको, भूमिका अहम हुने गरेको प्रयास सफल देखिएकोले यहि अनुभवलाई लहानका अन्य वाडाहरुमा समेत लागु गर्नुपर्ने लहान नगरपालिकाका वातावरण प्रमुख भानुराज शर्माको रहेको छ ।  
फागुन १५ पछि लहान ९ मा रहेको ४५७ घरधुरीका स्थानीयहरुले जसले शौचालय वनाउदैन तिनिहरुलाई खुल्ला ठाँउमा दिसा गर्न नदिने गरिरहेको अवूथामा समातिए आवश्यक दण्ड सजाय हुने उर्दी स्थानीय विभिन्न दलका अगुवाहरुले भन्न थालेपछि केहि दिन अगाडि शौचालय बनाउदिन भन्नेहरु पनि यतिवेला पहिले शौचालय वनाउ त्यसपछि कुनै काम गर्ने मानसिकतामा पुगेका हुन ।  
शौचालय निर्माणको लागि लहर चलेपछि मिस्त्रीको अभाव हुन थालेपछि मैया महरानी टोलामा गायत्री चौधरीले शौचालयको रिङ्ग वनाएर दिनको सात सय सम्म कमाई गर्न थालेको छ ।  गायत्री भन्नुहुन्छ– महिलाले गरे के हुदैन । मिस्त्रीको अभावमा रिङ्गकाmे अभाव हुन थालेपछि 
एक दुई दिनमै सिकेर अहिले राम्रो कमाई हुनुको साथै गाँउमा मेरो प्रतिष्ठा मिसत्रीको रुपमा हुन थालेपछि शुखी लागेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता