नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 31, 2015
यौन व्यावसायी रोक्न प्रहरीको कडा निगरानी, धनगढीमा पक्राउपछि रिहा

 लहान, १७ जेठ । मधेशमा यौन धन्दा गति लिएपछि यसलाई रोक्न प्रहरी प्रशासन निगरानी बढाउंन थालेको छ । लहान, भन्टावारी, इनरुवा, इटहरी, झापा, विराटनगरलगायत पूर्वको  शहरबजारमा दिउंसै यौनकर्मीहरु सक्रिय हुन थालेपछि प्रहरी प्रशासनले यसप्रति कडा निगरानी बढाएको छ । सिरहाको धनगढीमा रेष्टुरेन्ट एवं होटलको नाममा संचालन गर्दै आएको यौनधन्दालाई रोक्न पटक पटक चेतावनी दिए पनि होटल संचालकहरुले आफु मनपरी गरेपछि आज एक यौनकर्मीलाई प्रहरीले पक्राउ गरी धनगढीबाट विस्थापित गरेका छन् । 

गाउंले रेष्टुरेन्टमा काम गर्दै आएकी तमागं थरकी एक युवतीलाई धनगढी प्रहरीले कारवाही गरेका छन् । उमेशकुमार महतोले संचालन गरेको गाउंले रेष्टुरेन्टमा लामो समयदेखि यौन धन्दा चलाउंदै आएपछि एक यौनकर्मीलाई पक्राउ गरी होटल बन्द गराएको ईलाका प्रहरी कार्यालय धनगढीका सई श्याम यादवले बताए । प्रहरी यादवले होटल बन्द गर्ने, समाजिक विकृतियुक्त क्रियाकलाप गर्न नपाइने शर्तमा तमागंलाई रिहा गरिएको छ । यतिबेला प्रहरी प्रशासन सक्रिय भएपछि लहान, मिर्चैया, इनरुवालगायतको शहरबजारमा यौन धन्दामा ह्रास आएको एक होटल व्यावसायीले बताए । 

यता, आफूखुसी यौन व्यवसायमा लागेका युवती पूर्वका सहरपिच्छे भेटिन्थियो । उनीहरू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ इटहरी, झापाको दमक हो । यसबाहेक पूर्वको लहान, धरान, विराटनगर, इनरुवालगायत सहरमा पनि उनीहरू देहव्यापारका लागि जाने गरेका थिए । एक स्रोतका अनुसार ‘तीन हजार बढी भुटानी शरणार्थी युवती देहव्यापारमा लागेको अनुमान गरेका थिए ।

यौनकर्मीहरुको मोलमोलाई केही छिनको लागि १००० रुपैंया र पुरै रातभरको लागि ५००० रुपैयाँ त्यसमा पनि डिमान्ड अनुसार चित्त बुझ्ने मैंयाहरु बाहिरबाट मगाए रातको १०हजारसम्म पर्ने गरेको छ । होटेलको आग्रहमा त्यस्ता कामका लागि प्रहरी आउला भन्ने डर हटाउंन त्याँहाका यौन व्यवसाय संचालन गरेका होटलले महिनावारी प्रहरीलाई दिने गरेको थियो अनि उल्टै सुरक्षा गर्थियो । बिषेश गरी भारतबाट यस्ता कामका लागि यहां अत्यधिक ग्राहाक आउने गरेका छन् । भारतीयलाई दोब्बर रकम तान्ने गरेका छन् । 

इटहरीमा भने होटेल बाहिरै यौन धन्दामा संलग्न महिलाहरु सांकेतिक रुपमा ग्राहकलाई बोलाइरहेका भेटिन्छन । यसरी पूर्वका ठुला शहरहरुमा पछिल्ला दिनमा यौनधन्दा खुलेआम बन्दै गएका थिए । तर अहिले पनि यौनधन्दा यथावत नै रहेको छ । नेपालको यौनबजारमा चिनियाँ, रसियन, भारतीय, प्यालेस्टिनी युवतीसमेत सक्रिय रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

प्रहरीका अनुसार चिनियाँबाहेक अन्य राष्ट्रबाट आउने यौनकर्मीहरू नेपालमा रहेका उनीहरूका एजेन्टबाट माग आएपछि नेपाल भित्रिने गरेका छन् । उनीहरू निक्कै गोप्य रूपमा नेपालमा आउने र स्वदेश र्फकने गरेको प्रहरीको दाबी छ । विदेशी यौनकर्मी मगाउने एजेन्टहरूले एयरपोर्टदेखि नै उच्च सतर्कता अपनाएर उनीहरूलाई सम्बन्धित स्थानमा ल्याउने गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरी महँगा होटल अनि मुख्यतया क्यासिनोले ग्राहकको डिमान्डअनुसार विदेशी यौनकर्मी मगाउने गरेको दाबी गर्छन् । 

सरकारी तथ्याङ, जुन राष्ट्रसंघमा पेश गरियो, त्यसअनुसार नेपालमा ३० हजार यौनकर्मीहरु छन् । यी त घोषित यौनकर्मीहरु हुन्, अघोषित यौनकर्मीहरु लाखभन्दा बढी रहेको विज्ञहरु बताउँछन् । नेपालमा घुमन्ते यौनकर्मीहरु सहर सहर घुम्ने गरेको र राजधानीमा मसाज वा अन्य उपचारका नाममा कोठी संचालन भएको प्रहरी रिपोर्ट छ । क्याविन रेष्टुरेन्ट अथवा दोहोरी रेष्टुरेन्टहरुका नाममा पनि यौनव्यवसाय फस्टाइरहेको छ । कतिपयले घर बहालमा लिएर पहुँचवालाहरुका लागि यौन सुविधा उपलव्ध गराइरहेको छ । 

यस्तो कार्यमा अधिकांश विद्यालय जाने उमेरका युवती संलग्न छन् । उनीहरू पढाइ छाडेर यौन व्यवसायमा लागेका छन् । यौनकार्य गरेबापत उनीहरूले एकपटकमा दुई सयदेखि पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन् । आफूहरूलाई होटल तथा रेस्टुराँको मागअनुसार एक र दुई सातासम्म एक ठाउँदेखि अर्को ठाउँसम्म लग्ने गरिएको देहव्यापारमा संलग्न एक युवतीले बताइन् ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता