नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 30, 2015
दाईजो प्रथा विरुद्ध अभियान चलाउंने होइन् ? मधेशी महिलाको पीडा

मनोज बनैता

लहान । समयको फड्कोसँगै विविध क्षेत्रमा अपत्यारिलो ढँगले विकाश भएको देखिन्छ । प्रविधीको विकाशले मानवीय सोचका साथै सामाजिक गतिविधीमा पनि निकै नै ठूलो भूमिका खेलेका छन् । मधेशको आप्mनो पहिचान, भाषा, संस्कृति, भेशभूषा आदि आफैमा आदरणीय छ तर यहांको विकृतीबाट पनि हामीले ध्यान विकेन्द्रित गर्नु सम्पूर्ण मधेशको विकाशलाई नराम्ररी प्रभावित गर्नु हो मानव अधिकारवादी राजकुमार राउतको कथन हो ।

राउत भन्छन् — महिला र पूरुष रथका दुइ पांग्रा हुन् । प्रकृतीले पनि महिला र पूरुषलाई एक अर्काका पूरक बनाएका छन।् केहि रुढिवादी समाजिक अगुवाहरुले शुरु गरेको पितृसतात्मक समाजिक ढाँचा निन्दनीय बनेको छ । एकाइसौं सताब्दीमा आएर पनि मधेशका विभिन्न ठाँउहरुमा महिलाप्रति भइरहेको व्यवहार लाजमर्दो छ।् मधेशमा खासगरी दाइजो प्रथाले एउटा विकराल रुप लिदै गइरहेको छ । केहि शिक्षित वर्गहरुमा पनि दाइजो सम्बन्धि चेतनाको अभाव भएको पाउंदा साह्रै नै मन दुख्छन् उनी बताउंछन् ।

अधिकारकर्मी एवं वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताले खुल्ला दिशा मूक्त अभियान थाले झैं दाइजो मुक्त अभियान थालिनी गर्नुपर्ने जस्तो लाग्छ । दाईजोले महिलामा पूरुषप्रति नकारात्मक भावनाको सृजना हुनुको साथसाथै परिवारिक सन्तुलनमा ह्रास पैदा गरेको छ । हिजोआज छोरीको अभिभावकले इच्छा हुंदाहुदै पनि उच्च शिक्षाको लागि आफनो छोरीलाई पढाउंन हिच्चकिच्चाई रहेका छन् । मधेशी समाजमा छोरीलाई जति पढायो उत्ति बढी दाइजो दिनु पर्ने अवस्था बढ्दै गएको अधिकारकर्मी गुप्ताको गुनासो छ । मधेशमा विहे गर्ने केटाहरुको मूल्य उनीहरुको पारिवारिक स्थिति र शैक्षिक योग्यता अनुसार तोकिएको पाईन्छ । एम.वि. वि. एस (३० देखि ५० लाख), इन्जिनियर (२० देखि ३०), ओभरसियर (१० देखि १५), मास्टर (१० देखि १५), वैदेशिक रोजगारबाट फर्केका (१० देखि १५ लाख ) सम्म रहेको छ । यस्ता विकृतिले गर्दा पनि मधेशको विकाशमा बाधा पुरयाएको छ ।  विहेको वेला आफनो अभिभावकले सहेको पीडाको बदला बुहारीले आफनो सासु ससुरासँग लिन खोज्छन जसले गर्दा पारिवारीक कलह सृजना हुने गरेको अवस्था छ ।

एनजिओकर्मी दिनेश यादव भन्छन् — शिक्षा सबैको लागि अपरिहार्य छ । यसले कुनै व्यक्ति विशेषलाई मात्र नभई सम्पूर्ण समाजको  विकाशमा टेवा पुरयाउंछन् । छोरा होस वा छोरी दुवैलाई समान शिक्षा दिँदा परिवारमा देखापर्ने विकृती हटदै जान्छ । यदि पुरुष र नारी दुवै शिक्षित भइदियो भने आम्दानीको स्रोत बढनुको साथसाथै परिवारमा समानजस्यता रहन्छन् । उनीहरुको मनमा रहेको कुण्ठित विचार वा भावनाहरुले परिवारमा समस्या सृजना गर्दैन् । मधेशको समग्र विकाशको लागि शिक्षित मधेशी युवाले सम्पूर्ण कुरिती, कुसंस्कार र विकृतीहरुलाई हटाउने अभियानमा लाग्न जरुरी छ । दाइजो प्रथालाई सदाको लागि अन्त्य गर्दै आफनो बालबालिकालाई उच्च शिक्षातर्फ अग्रसर गराउनु आजको आवश्यकता रहेको यादव बताउंछन् ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता