नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
साहित्य श्रृजना :
May 26, 2015
सिके राउत गिरफ्तार, टिलिभिजनको अन्तरवार्ता रोकियो

 लहान १२ जेठ । चर्चाको शिखरबाट तल झर्दै गएको अवस्थामा सरकारले फेरी डा.सिके राउतलाई गिरफ्तारी गरेर उनलाई प्रचारमा ल्याएको छ । राज्य विरुद्ध अभिव्यक्ति दिंदै दिएको भन्दै सीके राउतलाई मंगलबार इटहरीमा पक्राउ परेका छन् । केबुल टेलिभिजन एरिनामा अन्तर्वार्ता दिन जाने क्रममा इलाका प्रहरी कार्यालय इटहरीले गिरफ्तारी गरि हिरासातमा लिएको छ ।
       
प्रहरी नायव उपरीक्षक विनोद शर्माले राउत पक्राउको पुष्टि गर्दै राज्य विप्लव अन्तर्गत राउतलाई मुद्धा चलाईने बताए । यसअघि राउतलाई विभिन्न स्थानमा पक्राउ गरि छाडिदै आएको थियो । यस पटक डा.राउतलाई रिहा नगर्ने भएको छ । यता, उनका कार्यकर्ताहरुले वाक स्वतन्त्रतालाई थुन्नै नेपाल सरकार विरुद्ध आन्दोलनको तयारीमा जुट्ने लहानका कृष्णबहादुर यादवले बताए । 

यस अघि राउतलाई गिरफ्तार गर्दा उनका कार्यकर्ताहरुले मधेशभरी आन्दोलन गरेका थिए भने उनको सम्बोधनको मन्च समेत प्रहरीले हटाउंदै आएको छ । केही दिनयता, समाजिक संजाल फेसबुकमा सिके राउत र सरित गिरीको व्यापक चर्चा भएको थियो । फेसबुकमा दिएको अभिव्यक्ति विरुद्ध व्यापक विरोधाभाष भएको थियो भने कतिले राउतलाई मार्ने जो कोहीलाई पुरस्कार दिने जस्ता कांमेन्टहरु आएको थियो । 

प्रहरीका रमेश खरेलले समेत राउतलाई कारवाही गर्न तयारी छु , उनलाई कारवाही गर्न मेरो जागिर गएपनि नछोड्ने भन्दै आएको थियो । डा.सिके राउतले भूकम्प पीडितलाई मधेशमा नसार्न र नेपाली महिलाहरु वेश्या हुन्छ भनी न्यूजले फेसबुकमा भाइरलको रुप लिएको थियो । डा. राउत अलगै मधेश देश हो भनी आन्दोलन गर्दै चर्चामा आएका हुन् । मधेश उपनिवेश हो भन्दै यसबाट मुक्त हुनुपर्छ भनी आन्दोलन गर्दै आएका छन् ।

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता