नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
May 24, 2015
ऐ भैया, मधेशमा नेपाली टोल
 सुर्य यादव
पहिलो चोटी जागिरको शिलशिलामा म काठमाडौं जाँदा अनौठो महशुस गरे । म चढेको बस कलंकी छिर्दा धेरै ठूलो भिड देखें । त्यहाँको गगनचुम्वी भवन देख्दा म विदेशमा आएको जस्तो अनुभूती भयो । मेरो आफन्त पाटन बस्ने भएको हुनाले त्यहां जाने बस खोज्न थाले तर पाइन्न सायद मलाई रुट थाहा नभएर होला । अन्तमा मैले टैक्सी चढेर पाटन ढोका जाने निर्णय गरे । आप्mनो छेउमा एउटा टैक्सी पार्किगं गरेको देखें । मैले सोध्नुभन्दा पहिला नै टैक्सी चालकले सिट निर भएको भ्mयालबाट टाउको निकाल्दै भने ूओ भैया कहाँ जाएगा ?ू त्यो टैक्सी चालक हेर्दा म भन्दा उमेरमा धेरै नै कान्छो थियो । म उसको संस्कारलाई सलाम गरे । भैया भनेको एउटा आदरवाची शव्द हो जुन पहाडिया शव्द दाईको ठाउंमा प्रयोग हुन्छ । उसको काँचो हिन्दीले मलाई त्यति चोट परेन किनभने पहिलो चोटी कसैलाई थाहा हुन्न कुन व्यक्ती काहां को हो । ट्याक्सी चढेपछि चालकले सोध्यो ू ऐ भैया काहा से आया ?’’ मैले उत्तर दिए ूलहान’’ उ एकछिन आफैमा बर्बरायो मैले बुझिन्न । मेरो हिन्दी भाषा नेपाली भन्दा पनि कमजोर भएकोले मैले उसलाई बरु नेपालीमै कुरा गर्नुस् म पनि नेपाली नै हो भन्दा उसले घृणा गर्दै भने ूकहाँ कहाँबाट आइहाल्छन् यी मदिशे भैयाहरु’’ उसको ति प्रदुशित शव्दले मलाई स्तब्ध पार्यो । केहि वेरमै म आफनो गन्तव्य पाटनढोका पुगें । ट्याक्सी चालकलाई उसले भने जतिको भाडा दिदै म नजिकैको एउटा चियापसलमा छिरें । चिया पिउदै आफन्तलाई फोन गरि त्यही वोलाउन सोचें । नजिकैको एउटा टेवल खाली थियो र म त्यहां गएर बसें । चिया पसले अलि नजिक आएर सोध्यो ूऐ भैया के लिने ?’’ मैले उत्तर दिए एक ग्लास चाय । मेरो उत्तर सुनेर त्यहां बसेका जति हांस्न थाले सायद मेरो बोल्न लय मिलेन होला । उनीहरुको हँसाइले भन्दा पनि चिया पसलेको भैया भन्ने सम्बोधनले मलाई आश्चर्यचकित पारेको थियो । मैले मनमनै सोच्न थाले आखिर उसले मलाई भाइ पनि त भन्न सक्थ्यो  । केहि दिनको काठमाडौं बसाइमा  मैले धेरै कुरा सिकें । मैले आप्mनो व्यक्तिगत पहिचानलाई कायम राखी कुनै काम गर्न खोज्दा धेरै नै अप्ठयाराहरुको सामना गर्नु परयो  । अन्ततस् मैले काठमाडौं नै छोडने निर्णय गरे । पहाडियाहरुको मधेशमाथीको निच सोचले गर्दा म जस्तै हजारौ मधेशी युवाहरु पीडित बनेर बसिरहेका छन् ।
पहाडिया अतिवादिहरु पूर्ण देशभक्त हुन जरुरी छ  । उनीहरुको अर्धदेशभक्ती आफैमा देशद्रोही कहलाउछन् । सच्चा देशभक्तले धेरै कुरा सिक्नुपर्दछ । जस्तै हरेक जातजातीलाई समान व्यवहार गर्नुको साथसाथै उनीहरुको भाषा र भेषभूषालाई उच्च आदर गर्नु आदि । अहिले सम्मको वस्तु स्थिती फरक छ । पहाडिया समूदायले सम्पूर्ण देश आप्mनो विर्ता ठान्छन् । उनीहरुले बोल्ने भाषालाई राष्ट्रिय भाषा, उनीहरुले लगाउने लुगा राष्ट्रिय पोशाक, उनीहरुतीर पाउने चरा राष्ट्रिय चरा, उनीहरुले मान्ने पर्व राष्ट्रिय पर्व आदि । लाखौ मधेशी अहिलेपनि नागरिक्ता विहीन छन् । साँस्कृतिक र भाषिक आतंकवादले गर्दा मधेशीहरु आफनो स्वपहिचानको लागि यताउता भौतारिरहेका छन् ।
आजभोली राष्ट्रियतामाथी लेखिएका थुप्रै लेखहरु पढदा हास्यास्पद मात्र लाग्छ । पहाडियाहरुले आफूलाई नेपाली मूलको भनेर परिभाषित गर्दा अनौठो लाग्छ । के हो यो नेपाली मूल ? वास्तवमा भन्ने हो भने नेपाली शव्द जातियता नभएर राष्ट्रियता हो तर केहि उच्च पहाडीयाहरुले नेपाली शव्दलाई जातिय रुपमा लिनु भत्र्सना योग्य छ । यदि पहाडीयाहरुले आफुलाई मात्र नेपाली ठान्छ भने मधेशीहरुले आफनो स्वाभिमानका्े खोजी किन न गरोस त ? मधेशीहरु स्वराजको लागि किन न लडोस् त ? मधेशका विभिन्न ठाउंहरु जस्तै लहान, विरगंज, विराटनगरआदि जहाँ अल्पसँख्यक पहाडीयाहरुले आफनो टोलको नाम ूनेपाली’’ टोल राखेका छन् तु. परिवर्तन गर्नुपर्छ । 
यहां सिंगो नेपालभित्र मधेश छन् । र, मधेशभित्र पनि नेपाली टोल । मधेश र मधेशीलाई कस्तो हेला गर्छन् मधेशमा । जहां चार घर पहाडिया छन् त्यो टोलको नाम नेपाली टोल रे । कस्तो विडम्वना मधेशभित्र बस्दा पनि छुटटै साना नेपाल खडा गरेर बस्छन् पहाडियाहरु  । जसको नाम राख्ने गर्छन् नेपाली टोल अर्थात मधेशभित्र अलगै साना साना नेपाल रहेको संकेत गर्छन् ती पहाडीयाहरु । के सोलु, काठमाण्डौं र लमजुंगमा यस्ता मधेशीया टोल छ त ? पक्का पनि छैन् । यहां त पहाडीयाहरुले नै विभेदको नीति अपनाएको देखिन्छ । र, मधेशमा पनि अलगै नेपाल खोजेर अलग भएको ठहर गर्छन् । यस्तो अवस्थामा पहाडीयाहरुको अहंकारवादी नीतिले मधेशीहरुलाई हेप्दै आएको छ । यसैले आफ्नो अधिकारको लागि मधेशीहरु पनि लडिरहेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता