नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
May 22, 2015
सिरहाको चतरी र सप्तरीको डाढा खुल्ला दिशामुक्त गाविस घोषणा

लहान ८ जेठ । सिरहाको चतरी र सप्तरीको डाढा गाविसलाई बिहीवार खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । एक सत्ता अगाडि चतरी गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको निम्ति डिवासीसी सिरहाका सदस्यहरुले अनुगमन गरिएका  थिए । अनुगमनकर्ताको रिर्पोटको आधारमा चतरी गाविसलाई आज ( विहीवार) विशेष कार्यक्रमका साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको यूएनहेविटेटका गोपाल घिमिरेले जानकारी गराएका छन् । चतरीमा ५ सय २१ घरधुरी रहेका छन् भने गरिब दलितका लागि स्थानीयस्तरबाट दानवीरहरुले रिंग प्यानको व्यावस्था गरिएकोले समयमै चर्पी निर्माण गर्न स्थानीयवासी सफल भएका छन् । सिरहालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिए बमोजिम अहिलेसम्म चार वटा गाविस खुल्ला दिशामुक्त भएका छन् । नगरपालिकाका केही वडाहरु समेत खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको जानकारीमा आएको छ । चतरी गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि सभासद् मुक्तार आलम, डिवाससीसी सिरहाका अध्यक्ष एवं एलडिओ गोपाल अधिकारीका विशेष उपस्थिति रहेका थिए । 
उता, सप्तरीको डाढा बलीया मठमा आयोजित सभामामा क्षेत्र नम्बर २ का सभासद अशोककुमार मण्डलले निर्माण भएको सौचालयको ढोका खोलेर गाविस खुल्ला दिशा मुक्त भएको घोषणा गर्नु भएको हो । कार्यक्रममा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले खुल्ला दिशामुक्त भएको डाढा गाविसको चार किल्ला घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा सभासद मण्डलले समाजका सवै मिले जे पनि सम्भव छ भन्ने उदाहरण डाढा गाविसले प्रस्तुत गरेकोमा प्रशंसा गर्नुभयो । सोही कार्यक्रममा बोल्दै संबिधानसभा श्रोत ब्यबस्थापन समितिकी सभापति लक्ष्मी चौधरीले  सरसफाईको दृष्टिले ७५ औ स्थानमा रहेको सप्तरी जिल्ला अभियान शुरु भएपछि प्रगति भएकोमा खुसी ब्यक्त गर्नुभयो । डाढा गाविस खुल्ला दिशामुक्त घोषणा गरीएको सातौ गाविस भए पनि संसदीय क्षेत्र नम्बर २ को पहिलो गाविस भएकाले स्थानीय विकास अधिकारी धमलाले रु एकलाख पुरस्कार दिने घोषणा गर्नुभयो भने गाविसको सहजीकरण गरेको संस्था वेलका निर्देशक शरद पराजुलीले पोष्ट ओडिएफका लागि रु ७० हजारको चेक हस्तान्तरण गर्नुभयो । सोही कार्यक्रममा गाविसलाई पूर्ण खोप युक्त गाविस समेत घोषणा गरीएको थियो । कार्यक्रममा पूर्व सभासद सुर्यनाथ यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, खानेपानी तथा सरसफाई डिभिजनल कार्यालय प्रमुख लोकेनद्र यादव , जिल्ला जनस्वास्थ्य अधिकृत कारी साह, युएन ह्याविट्याटका जिल्ला संयोजक हरि बुढाथोकी, राजाराम यादव, जुगेश्वर साह लगायतले बाल्नु भयो । 
गाविस सचिव केशव झाको अध्यक्षतामा आयोजित कार्यक्रममा भोरुकुवा एफएमका कलाकार कैलास झाको टोलीले गीत प्रस्तुत गरेको थियो ।  



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता