नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 21, 2015
लागुऔषध बिरुद्ध बिद्यालय सम्पर्क कार्यक्रम, ईन्स्पेक्टर निरौलाको सक्रियता बढेपछि अपराधी घटना नियन्त्रण हुंदै

 लहान ७ जेठ । लागुऔषध बिरुद्ध बिद्यालय सम्पर्क कार्यक्रम अन्तरगत प्रहरीले सिरहाको गोलबजारस्थित श्री ईन्द्र जय भगवती आवासिय माध्यमिक बिधालयमा बुधबार एक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
          प्रहरीले उक्त बिधालयका कुल ६० जना शिक्षक, बिधार्थी तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लागुऔषध बारे प्रशिक्षण दिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलासहितको टोलीले लागुऔषध सेवनबाट हुने हानी नोक्सानीका बारेमा प्रशिक्षण दिनुकासाथै प्रशिक्षण पश्चात लागुऔषध बिरुद्ध जनचेतनामुलक हातेपुस्तकपनि बितरण गरेका छन् । 


समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गरी सचेत समाज निर्माण गर्ने उद्देश्यकासाथ संचालन गरिएको यस अभिमुखिकरण कार्यक्रम प्रहरीले नगरक्षेत्रका सबै बिधालयहरुमा संचालन गर्ने योजना रहेको प्रहरी निरीक्षक निरौलाले बताएका छन् । 
यसैगरी, हालै लागुऔषध बिरुद्ध बिधालय सम्पर्क कार्यक्रम अन्तरगत प्रहरीले सिरहाको गोलबजारस्थित जनकल्याण उच्च मा.वि.चन्द्रलालपुरमा सोमबार अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।


        अभिमुखिकरण कार्यक्रम बिधालयका शिक्षक तथा बिधार्थीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलासहितको टोलीले लागुऔषध सेवनबाट हुने हानी नोक्सानीका बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण पश्चात सहभागीहरुलाई प्रहरीले लागुऔषध बिरुद्ध जनचेतनामुलक हातेपुस्तक पनि बितरण गरेका छन । प्रशिक्षणमा बिधालय व्यवस्थापन समितिका पदाधिकारीसमेत अन्दाजी १०० जनाको सहभागीता रहेको थियो । उता, केही दिन अगाडि ईलाका प्रहरी कार्यालय गोलबजारले आज विहान लागु औषध सहित एक जनालाई पक्राउ गरेका छन् । 


गोलबजारबाट प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वमा खटी गएको प्रहरी टोलीले विहान १० बजे गोलबजार नगरपालिका ४ स्थित बसपार्कबाट सिरहाकै कृष्णपुर गाविस ८ रडीयाहा बस्ने बर्ष २० को रामकुमार शर्मालाई पक्राउ गरेका थिए । बसपार्कमा रहेका शर्मामाथि शंका लागि खानतलासी गर्दा उनको साथबाट नाइट्रोजन ५० थान बरामद भएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । त्यस क्षेत्रमा ईन्स्पेक्टर निरौला का सक्रियता बढेपछि तस्कर र लागुऔषधका कारोवारी तथा अपराधि घटना नियन्त्रणमा आउंन थालेको स्थानीय गोविन्द विष्टले बताए । त्यस क्षेत्रमा काठ तस्करी, गाजा, भन्सार छलीको व्यापारीक मालसमान, चोरी लुटपाटलगायतको अवैद्य कारोबारमा कमि आएको छ । तर, ईटटा भटटाले गरिरहेको राजस्व छलि र अनियमिताको सवालमा  सम्बन्धित निकाय मौन रहेको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता