नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 20, 2015
पूर्वी मधेशमा ढल निकासको राम्रो व्यवस्था नहुंदा डुबानको अवस्था
 लहान ६ जेठ । एकतीर लगातार आएको भुकम्प र पराकम्पनहरुका कारण जनता त्रासित छन् । यसमा पनि चार घण्टाको भिषण बर्षाले पूर्वी मधेशको केही गाउंघर एवं बजारक्षेत्र डुबानको अवस्थामा पुगेको छ ।

सिरहाको लहान बजारमा ढल निकासीको राम्रो व्यवस्था नहुंदा लहान चौक, अतिथी सदनको छेउलगायत विभिन्न ठाउंमा पानी जमेर व्यापार प्रभावित भएको स्थानीय रवीन्द्र श्रेष्ठ बताउंछन् । राजविराजको केही क्षेत्रमा समेत बर्षाले बाटो अवरुद्ध भएको थियो । उता, धनुषाका पत्रकार अजय साह भन्छन् जनकपुरको किशोरी नगरको सरस्वती टोलमा ढल निकासीको कारण जलमग्न भएको अवस्था थियो, अहिले पानी सुकेर राहत भएको छ । 
त्यसैगरी, सुनसरीको इटहरीको टेंग्रा , बुढीपुल लगायत आसपासका स्थानहरुमा रहेका खोला तथा नालाहरुमा पानीको बहाब बृद्धी हुदा पानी सोझै मानव वस्तिमा प्रवेश गरेको छ । स्थानीय ठुला खोलाहरुमा आएको बाढी सिधै मानव वस्तिमा प्रवेश गरेपछि इटहरी उपमहानगरपालीकाका करीब २५ हजार बढी स्थानीयहरु प्रभावित बनेका छन । बुधवार बिहान ३ बजेदेखी सुरु भएको वर्षाले इटहरी मात्र नभएर पूर्वको बिभिन्न जिल्लाहरु समेत डुबानमा पारेको छ । बर्षाले इटहरी बिराटनगर रोड समेत जलमग्न बनाएको छ जसका कारण यातायातका साधनहरु सञ्चालनमा कठिनाई भइरहेको देखिएको छ ।

इटहरी उपमहानगरपालीका अन्र्तगत पकली , हाँसपोसा , एकम्बा , खनार , लगायतका स्थानहरु समेत बाढीले डुबान बनाएको छ । त्यसै गरी सुनसरी मोरङ औद्योगिक करीडोर समेत बर्षाका कारण जलमग्न बनेको छ । बर्षाका कारण जिल्लामा के कति नोक्सानी भएको छ त्यसको बिवरण आउन बाकी रहेको जिल्ला दैबि प्रकोप उद्धार समिति सुनसरीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । बुधवार बिहान ३ बजेदेखि ७ बजेसम्म परेको भिषण बर्षाले पूर्वी मधेशको शहरबजार एवं ग्रामिणक्षेत्र डुबान हुने अवस्थामा पुग्ने गर्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता