नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 24, 2015
लहानमा लुटपाट, मधेशमा दूई लाश
 लहान, १२ फागुन । लहानमा आज एक घरमा ४्—५ जनाका एक समुहले लुटपाट गरेका छन् । लहान नगरपालिका १३ बस्तीपुर स्थित कपिलदेब यादबको घरमा आज राती करीब १.०० बजे सो समुहमा आएका केटाहरुले लुटपाट गरेको हो । लुटेराहरुले यादबको श्रीमतिलाई सामान्य कुटपिट गरी धाकधम्की देखाई घरमा भएको आठ आना सुन र ३९ तोला चाँदी लुटी फरार भएका थिए। लुटपाटको खबर प्राप्त हुनासाथ घटनास्थलमा अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट प्रहरी टोली खटि गई लुटेराहरुको खोजतलास गर्ने क्रममा स्थानिय १८ बर्षिय राम नन्दन यादब पक्राउ परेका छन् । घटनामा संलग्न अन्यको खोजतलास तथा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
यसैगरी, सप्तरीको कंचनरुप नगरपालिका ५ मा आईतबार सांझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सप्तरी त्रिकोल १ घर भएका ६५ बर्षिय जोखन खंग मृत अवस्थामा फेला परेका हुन्। केही समय अघिदेखी स्थानिय बजारमा मागी खाई हिड्ने गरेका उनलाई टाउकोमा चोट लागी मृत अवस्थामा देखेपछी सांझ १९१० स्थानियले प्रहरीलाई खबर गरेका थिए । 
घटनास्थलमा ईलाका प्रहरी कार्यालय कंचनरुपबाट प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरागरी शवलाई पोष्टमार्टमका लागी अंचल अस्पताल सगरमाथा पठाएको छ। घटनासम्बन्धमा अनुसन्धान भईरहेको छ ।
 महोत्तरीको गोरहन्नामा वालुवाभित्र एक युवकको शव फेला परेको छ । टयाक्टरमा मजदुरको रुपमा काम गर्दै आएको महोत्तरी चकवा ९ का २९ बर्षिय सुवेदार सहनीको शव आज विहान वालुवा भित्र फेला परेको हो । यता घटनाको वारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता