नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
May 04, 2015
शान्तिको लागि बुद्ध जयन्ती,राजदेवीमा परेवा बली

लहान ÷ धार्मिक महत्वका ढोढना–३ स्थित राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णिमाका दिन (२० गते बैशाख÷सोमवार) ठूलो भिड्सहित मेला लाग्ने गरेको छ ।

    मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउँन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं विराटनगर लगायत भारतको विभिन्न ठाउंबाट आएका हजारौं भक्तजनहरुको भीड् लाग्ने गर्छन् । सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि नौ किलो मिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउंने गर्छन् ।

पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउँने चलन छ । स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ । आज शान्तिको सन्देश प्रचार गर्दै २५५७ औं वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ ।  
     

    मेला व्यवस्थापन एवं अनुगमन समितिका संयोजक बीरेन्द्र चौधरीका अनुसार दश पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जङगली जनावरहरुले दुख दिन थालेपछि धामीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरि पूर्णिमाको दिन बली दिन भनेअनुसार यहां बली दिने परम्परा रहेको हो । पूजा व्यवस्थापन समितिका अनुसार गतवर्ष पूर्णिमाका दिन मन्दिरमा दश हजारको संख्यामा बोका पाठी र २५ हजार संख्यामा परेवा, हांस र कुखुरा बली दिने गरिन्छ । बली दिईएको पशुपंक्षिको टाउंको समितिले राख्ने गरेको छ । यसवर्ष  पनि २० हजारको संख्या पशु पंक्षिको बली चढने समितिको अनुमान छ । मेला व्यवस्थापन एवं अनुगमन समितिका सदस्य गौरी भट्टले  पूर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी ”पुर्णिमा”का दिन एक दिनमात्र ”बली”   दिइने पौराणिक चलन भएको   बताउछन् । वुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि   राजदेवी माताले त्यसदिनमात्र बली लिने भएकाले वाध्य हो ।   



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता