नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
May 02, 2015
महाभूकम्प पीडितलाई राहतको आवश्यकता र मिडियाको कर्तव्य

मनोज बनैता

नेपालको ४ प्रमूख पर्यटकीय ठाँउ काठमाडौं, पोखरा, जनकपुर र लुम्विनीमा विदेशी पर्यटकहरुको घुईचो लाग्ने गथ्र्यो  । सुनसान छ आज महाभूकम्पले जनमानसमा त्रासको स्थिति सृजना भएको छ । केही सामाजिक संचारमाध्यमहरुको विरोधाभाषी ज्योतिष विज्ञानको कारण पनि जनस्तरमा भूकम्पको त्रास बढाएको देखिन्छ ।
    बास्तवमा भूकम्प एउटा प्राकृतिक विपती (घटना) हो जसको बारेमा आजसम्म कुनै विज्ञान वा वैज्ञानिकले भविष्यवाणी गर्न सकेको छैन् । भूकम्पविदहरुको अनुसार अब नेपालमा कुनै ठुलो भूकम्प जाने खतरा न्युन छ । गत शनिवार मध्यान्न आएको ७.९ रेक्टरको महाभूकम्पले ठूलो धनजनको क्षति गरेको सर्वविदितै छ । यो पीडालाई आत्मसात गर्दै हामीले जनमानसमा सहि सूचना सम्प्रेसन गर्नुपर्दछ ।  पत्रकारिता जनजनमा सूचना पुरयाउन भरपर्दा माध्यम हो।् पत्रकारको काम र कर्तव्य भनेको जनताको आवाजलाई सम्बन्धित निकाय सम्म पुरयाउंने हो । पत्रकारमा निर्णयको अधिकार हुदैन्। दुईदिन अगाडि केहि पत्रकारसाथीहरुले भूकम्पको बारेमा भ्रामक भविष्यवाणी गर्दा कानुनी कार्यवाहीमा परेका छन् । ति साथीहरुले प्रेस काउन्सिल र पत्रकार महासंघ्््््ले प्रदान गरेको पत्रकार आचार संहिता नामक पुस्तकको अध्ययन गर्न अति आवस्यक छ । हातमा गाडीको चाभी आउने वित्तिकै हामीले  आफनो मर्यादालाई नाघ्नु हुदैन् ।
    २०७२ सालको पुर्वाध अकल्पनिय घटनाबाट शुरुवात हुदैमा हामी निराशावादी हुनु राम्रो होइन्। सोच सकारात्मक राख्नु अति आवस्यक देखिन्छ । हाम्रो मुलुकमा भत्किएका भौतिक संरचनाहरुको साथसाथै विभाजित समाजलाई पुर्ननिर्माण गर्न पनि अति आवस्यक देखिन्छ । प्राकृतिक भूकम्पलाई हामीले नियन्त्रण गर्न नसके पनि सामाजिक भूकम्पलाई सजिलैसंग नियन्त्रण गर्न सकिन्छ । संयूक्त राष्ट्रसंघका अनुसार नेपाल महाभूकम्पले गर्दा कैयौ वर्ष पछाडि धकेलिएको छ । त्यसकारण अब हामी आफनो जातीय अहंमलाई त्यागी एकजुट भएर जानुको सटृा अर्को विकल्प छैन् । वर्तमान सरकारले महाभूकम्पको वेलामा आफनो नपुंशकता देखाइसकेको हुनाले अब जनताले  नै सहि वा गलतको निर्णय गर्नुपर्ने वेला भएको छ । सानै छँदा पढेको थिए एउटा लटठीलाई जोसुकैले भाँच्न सक्छ तर एकभारी लटठी भाच्न गाह््रो हुन्छ । सम्पूर्ण नेपाली एकजुट भई आ(आफनो ठाँउ र स्तरबाट भूकम्प पीडितको लागि उद्दार र राहत कार्यमा सम्लग्न हुनुपर्ने जरुरी छ । हाम्रो मुलुकमा  व्याप्त सामाजिक क्षितिजको गलत फाईदा लिन सक्ने धेरै छन् जसको उदाहरण उद्दार र राहत कार्य गर्न आउने हाम्रा मित्र राष्टहरु हुन् ।भूकम्प पीडितको लागि आएको राहत उनीहरु समक्ष प्रत्यक्ष रुपमा पुग्नुपर्दछ । साथै राहत सामग्री केबल काठमाडौं केन्द्रित नभई पहाडि र मधेशका जिल्लाहरुमा पनि पारदर्शी रुपमा पुग्नु पर्छ ।
    विदेशी सहयोग हामीलाई चाहिन्छ । तर आफ्नो अस्तीत्वलाई कायम राखेर । यहां भारतले चिनियांलाई पेलेर काम गरिरहेका छन् । र, पाकिस्तानलाई अलगै किसिमले भारतको नियत देखिदैछन् । यस्तो अवस्थामा सचेत भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ । मधेशबाट दैनिक रुपमा राहत जाने गरेको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता