नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Apr 20, 2015
सडकमा जिविसको पूनः कर असुली, ठेकेदारको मनपरी
सिरहा, ७ चैत्त । जिल्ला निकासीको नाममा मनपरी गर्दै आएपछि पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षकको निर्देशनमा ठेक्का बन्द भएको एक बर्षपछि फेरी रकम असुली गर्न थालेको छ ।  

    जबर्जस्ती कर असुली गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पूर्वाञ्चलका डिआइजीलाई जानकारी गराएपछि ठेक्का नै बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार प्रहरीले ठेकेदारलाई लगभग एक बर्षदेखि जिल्ला निकासी कर उठाउन दिएका थिएन् । प्रहरीले ठेकेदारमाथि सार्वजनिक मुद्दासमेत चलाएको थियो ।

    यता, जिविसले केही दिनदेखि आफ्नै कर्मचारी लगाएर कर असुली गरिरहेको छ भने उनीहरुलाई सहयोग गर्ने पूर्व केही ठेकेदारहरु लागीपरेका छन् । यसवारे जिल्ला विकास समिति सिरहाका उर्जा तथा वतावरण अधिकृत इन्जिनियर रमेश निधीसंग सम्पर्क गर्दा जबर्जस्ती र दोहोरो कर लिएमा कारवाही मात्रै होइन् मुद्दा चलाए पनि हुन्छ । उनले भने कारबाही गर्न नसके मात्र प्रहरी प्रशासनले कारबाही गर्न मिल्छ बताउंछन् ।
    यसअघि सलमान तयारी पोसाक लहान–७ संग गत भदौ ९ गते रु एक करोड ५५ लाख ५५ हजारमा यस वर्षको असार मसान्तसम्मका लागि जिविस सिरहाले जिल्ला निकासी कर सङकलन गर्न दिने भनी ठेक्का लगाउने सम्झौता गरेको थियो ।
    जबर्जस्ती र दोहोरो कर उठाएको कारण प्रहरीले ठेक्का रोकेपछि ठेकेदार र जिविस समस्यामा परेको छ । ठेकेदार अर्थात् सलमान तयारी पोसाकका मालिक असलम हुसैन भने पहिले देखि चल्दै आएको सिस्टम अनुसार चलाउंदै आएका थिए ।

    यसैबीच, सवारी तथा यातायात पटके करको वीलमा जिविसको छाप समेत नरहेको र मनपरी ढंगले रकम असुली गरिररहेको खुलासा भएको छ । एस.एच.ए. निर्माण सेवा लहान (सिरहा) ले जिप नं. ८३५९ लाई रसिद काट्दा ३ सय २० रुपैयां लिएको थियो । यसवारे जिविसका तीन उच्च कर्मचारीलाई सो बील देखाउंदा एक कर्मचारीले ढाकछोप गर्ने प्रक्रियामा लागे भने दूई कर्मचारीले कारवाही गर्छु भन्दै बीलको फोटो मोबाइलमा लिनुभयो ।

    हालसम्म कुनै कारवाही नभएपछि रकम असुलीमा दुधको साक्षी विरालो जस्तै भएको छ । सो बील भारतीय जीपको चैत्त २३ गते काटिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता